सामाजिक विकास मन्त्रीको एकै दिन ११ अनुगमन : थाहै नदिई चर्पी पुगेपछि कर्मचारी देखि क्याम्पस प्रमुख सम्म झस्किए

<span class='c1'>सामाजिक विकास मन्त्रीको एकै दिन ११ अनुगमन : थाहै</span> <span class='c2'>नदिई चर्पी पुगेपछि कर्मचारी देखि क्याम्पस प्रमुख सम्म झस्किए</span>

सुमन सुस्केरा
विराटनगर, २२ फागुन ।
एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे आफ्नो पिए, गार्ड सहित ८ जनाको टोली लिएर सोमबार बिहान ठिक ८ बजे मन्त्रालयबाट निस्किए । अनुगमनको लागि भन्दै हिँडेको टोली कहाँ जाने केही अत्तोपत्तो थिएन । कर्मचारी सल्बलाएर कहाँ जान लागेको होला भनेर कानेखुसी गर्दै थिए । कसैलाई जानकारी नै नदिई निस्किएका मन्त्री घिमिरेको गाडी सहित पछि–पछि अर्को गाडी पनि थियो । अगाडी मन्त्रीको सहित पत्रकारको गाडी पछि पछि मन्त्रालयका अनुगमन टोलीको गाडी । मन्त्रीको गाडी विराटनगरको बरगाछी पुगेर सिधै उत्तर तर्फ अर्थात ईटहरी तर्फ मोडियो । अलिक अघि आयल निगम र ढाटमा केही पत्रकारलाई टिपेर हिँडेको गाडी अघि बढ्दै गर्दा मन्त्री घिमिरेले भने, ‘हामी अनुगमनका लागि जाँदैछौ ।’ के को अनुगमन गर्ने भन्ने बारेमा केही नखुलाएका मन्त्री घिमिरेले ईटहरीका केही पत्रकारहरुलाई पनि खबर गर्न लगाए । त्यहाँका पत्रकारलाई पनि केही जानकारी दिईएको थिएन । उनले सबैलाई बिराटनगर रोडको एक पेट्रोलपम्प नजिकै बोलाउन भनिएको थियो ।
सुनसरीको दुहवी नगरपालिकाको मुख्य चोकमा पुगेको मन्त्रीको गाडी एकाएक फर्काईयो । करिब सय मिटर दक्षिण पट्टी रहेको एउटा होटलमा रोकियो जुन हिरा होटल थियो । यो होटेलमा अधिकांश संघ संस्था तथा सरकारीक कर्मचारीले खाजा खाने नाम चलेको मिठाई तथा होटलको रुपमा लिईन्छ । मन्त्रीले यहाँ खाजा खुवाउने भए भनेर दङ्ग परेका कर्मचारी तथा अनुगमन टोलीका अधिकारीहरु मन्त्री सिधै खाजा खाने ठाउँमा नबसी भित्र पसेपछि थप अचम्वित भए। मन्त्री भित्रको भान्सा भएको स्थान, त्यहाँको सरसफाईको अबस्थाको बारेमा थाहा पाउन भित्र पसेको पाईयो । मन्त्रीले कर्मचारीलाई निर्देशित गर्दै भने, ‘तपाईहरुले यहाँको सरसफाईको अबस्थाको बारेमा जानकारी लिएर टिप्नुस् ।’ कर्मचारीले पनि सोही अनुसार नै गरे ।
हिरा होटेल प्रदुषित
नाम चलेको होटलको अबस्था कामै नलाग्ने र फोहोर अबस्थामा थियो । सर्बधारणको स्वास्थ्यसँग जोडिएको खानेकुरा बनाउने ठाउँ र शौचालय सँगै थियो । अनी त्यही खानेकुरा पकाउने भान्साको छेवैबाट फोहोरको नाली बग्दै थियो । छेवैमा कात खुट्टा धुँदै गरेको दृश्य देखेका मन्त्रीले त्यहाँको अबस्थाको बारेमा टिपोट गर्न लगाएर चुईक्कै नबोली गाडी चढेर ईटहरी तर्फ लागे ।
ईटहरी–दुहवीको दुरी करिब १० किलो मिटर हो । मन्त्री घिमिरेको गाडी सबै पत्रकारलाई बोलाईएको स्थल साथि पेट्रोल पम्पमा गएर रोकियो । गाडीबाट झरेका मन्त्री सिधै शौचालयमा पुगे । त्यहाँका कसैलाई थाहै नदिई सौचालय छिरेका मन्त्रीले त्यहाँका कर्मचारीलाई बोलाएर सरसरफाई राम्रो नभएकोले सरसफाईको बारेमा ध्यान दिन सुझाए ।
त्यसपछि मन्त्रीको टोली ईटहरी बसपार्कमा रहेको २ वटा शौचालय, ईटहरीको जनता बहुमुखी क्याम्पस, ईटहरी सामुदायिक अस्पतालको शौचालयको सरसफाईको अबस्थाको बारेमा जानकारी लिईँ रहँदा सबै छक्क परे ।
त्यहाँबाट अघि बढ्दै गएका मन्त्री घिमिरेले मोरङको बेलवारीमा रहेको खड्का आयल सेन्टरको शौचालयमा पसे । त्यहाँको शौचालयको अबस्था किरै किरा देखिएपछि मन्त्री छक्क परे, उनले तत्काल सरसफाई गर्न दिर्नेशन दिए ।
कर्मचारी आतंकित
सामाजिक विकास मन्त्रीले पछिल्ला दिनहरुमा सौचालय अनुगमनको क्रमलाई तिब्र बनाएका छन् । बिराटनगरको बिभिन्न सौचालयको अनुगमन गरेका मन्त्री घिमिरे सोमबार सुनसरी र झापाको शौचालयको अबस्थाको बारेमा बुझ्न निस्किएका थिए । सुनसरीको अनुगमन पछि झापा पुगेका मन्त्रीले दमकमा रहेको मालपोत, नापी, दमक बहुमुखी क्याम्पस, ईलाका प्रहरी कार्यालय र बसपार्कको सर्वजनिक शौचालयको अवलोकन गरे । कसैलाई जानकारी नै नदिई बिराटनगरबाट आफ्नो टोलीमा रहेका केही कर्मचारी बेकेर हिँडेका मन्त्री घिमिरे दमकमा रहेको मालपोत कार्यालयमा सिधै भित्र पसेर त्यहाँको अबस्थाको बारेमा जानकारी लिँदा कर्मचारीहरु आतंकित देखिन्थे । उनीहरु काम छोड्दै मन्त्री नजिक आएका थिए । तर मन्त्री एक शब्द पनि नबोली त्यहाँको शौचालयको अबस्था बुझेर फर्किए । मन्त्रीसँग केही आफ्ना कुरा राखौँला भन्ने सोचेका कर्मचारीमा मन्त्रीको एक्कासी गरिएको अनुगमनले अब कार्वाही हुने पो हो की भन्ने त्रास देखिएको थियो ।
सामुदायिक क्याम्पसमा कर्मचारी कम
अनुगमनको क्रममा मन्त्री घिमिरे सहितको अनुगमन टोलीले सु्नसरीको ईटहरी जनता बहुमुखी क्याम्पस र झापाको दमक बहुमुखी क्याम्पसको अनुगमन प¥यो । क्रममा जनता बहुमुखी क्याम्पसमा हाजिर हेर्दा ६० प्रतिशत कर्मचारी अनुपस्थित रहेको पाईयो । नियमित स्थायी दरबन्दीमा रहेको प्राध्यापक, सहप्राध्यापक तथा कर्मचारीहरु कतिपयले ११ गते देखि नै हाजिर गरेका थिएनन । त्यस्तै अधिकांश कर्मचारीहरुले १६ गते देखि नै हाजिर पनि नगरेको र बिदाको कुनै जनाउ नै नदिईएको पाईएको सामाजिक विकास मन्त्रालयका कर्मचारी हरि सुवेदीले जानकारी दिए । उनका अनुसार दमक बहुमुखी क्याम्पसमा भने केही ब्यवस्थित जस्तो देखिएको भएपनि ईलेक्ट्रिक हाजिरी भेटियो ।
मन्त्रीले कार्वाही गर्ने
मन्त्रीमा नियुक्त भएको हप्तादिन देखि काम थालेका मन्त्री घिमिरेले १८ औ दिन झापा र सुनसरीका शौचालयको अबस्थाको बारेमा जानकारी लिई रहँदा त्यो भन्दा पहिला नै बिराटनगरमा भएको शौचालयको अनुगमनको प्रभाव देखिएको छ । भान्सा जतिकै चर्पी सफा हुनु पर्ने मान्यता राखेर सरकारी शौचालयको अबस्थाको बारेमा आफ्नो ध्यान चर्पीमा केन्द्रित भएको मन्त्री घिमिरेले जानकारी दिए । ‘पहिलो चरणमा अनुगमन गरेर त्यसको अबस्था मुल्याङकन गरि मार्किङ गरिने र अनुगमन समितिले तयार पारेको रिपोर्टको आधारमा मन्त्रालयले सम्बन्धित कार्यालय तथा संस्थाहरुमा रिपोर्ट सहित पत्राचार गरेर सफा राख्न भनिने छ,’ मन्त्री घिमिरेले भने । शौचलयको सरसफाईलाई ध्यान नदिँदा त्यसले महामारीको रुप लिने भएकोले शौचालयलाई पहिलो प्राथमिकता राखेर सरसफाईमा ध्यान दिन सम्बन्धित कार्यालयहरुलाई भनिएको मन्त्री घिमिरेको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्