मोरङमा २० बर्ष पुराना ३० वटा गाडी हटे, जोगवनी–विराटनगरमा मात्र २० गाडी विस्थापित

<span class='c1'>मोरङमा २० बर्ष पुराना ३० वटा गाडी</span> <span class='c2'>हटे, जोगवनी–विराटनगरमा मात्र २० गाडी विस्थापित</span>

विराटनगर, ४ चैत ।
सरकारले चैत १ गते देखि २० बर्ष पुराना सवारी हटाउने अभियान चलाएपछि मोरङबाट ३० वटा बस हटाईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार २० बर्ष पुराना सवारी खोज्ने क्रममा ३० वटा बसहरु भेटिएर हटाईएको छ । २० बर्ष पुराना यात्रुवस हटाउने अभियान अन्तरगत विराटनगर–जोगवनी रुटमा चल्ने २० वटा बस कवाडीमा गएका छन् । ‘जिल्लाबाट २० वटा बस हटिसके, अरु लुकाएका होलान् हामी खोज्दै छौ’ मोरङ ट्राफिक प्रहरी प्रमुख मदन गिरिले भन्नुभयो । उहाँका अनुसार ,जिल्लाका बिभिन्न स्थानमा संचालित पुराना बस ३० वटा रुटबाट हटाईसकिएको छ ।
पुर्व नेपाल यातायात ब्यवसायी संघका अध्यक्ष राजन कँडेलले सरकारको यो निर्णयले ६ हजार बस बिस्थापित भएको जानकारी दिनुभयो । उहाँले घर घडेरी बन्दकी राखेर लगानी गरेका ब्यवसायिको समस्यालाई सरकारले हेर्नुपर्ने बताउनुभयो। उद्घोषले खबर लेखेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्