सुनसरीमा भएको आगालगीमा ६२ घर बढी घर जले

<span class='c1'>सुनसरीमा भएको आगालगीमा ६२</span> <span class='c2'>घर बढी घर जले</span>

सुनसरी, ४ चैत ।
सुनसरीमा भएको आगलागीमा ६२घर जलेको छ । बराह नगरपालिका–११ बस्ने पुरण चौधरीको घरबाट लागेको आगोले गएराती करिब ६२ घर पुर्ण जलेको प्रहरीले जनाएको छ । राती करिब ८ बजेतिर विधुत सर्ट भइ आगलागी भएको थियो । आगलागी नियन्त्रणमा लिन बिराटनगर, ईटहरी, धरान, ईनरुवा झुम्काबाट दमकल आगो निभाउन पुगेका थिए । ५ वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियको सहयोगमा आगो रानी नै नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगो निभाउने क्रममा कोशी गाउँपालिका–३ बस्ने ४१ बर्षिय प्रभु सरदार घाइते हुनु भएको छ । उहाँको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्