अभिनय कला भएर पनि अवसर नपाएका हरुका लागि ‘नेपाल्स मेघा स्टार’ सुरु हुने भएको छ । बैशाखदेखि छायांकनमा जाने गरी ओमेगा इन्टरटेनमेन्टको प्रस्तुती ‘नेपाल्स मेघा स्टार’ सुरु हुने भएको हो ।
कार्यक्रमका निर्णायक निर्देशक निश्चल बस्नेत, मिस नेपाल २००२ माल्भिका सुब्बा र अभिनेता सोभित बस्नेत हुने भएका छन् । सन्तोष लामाले सञ्चालन गर्ने यस कार्यक्रमका निर्देशन प्रवेश सम्राट दाहाल हुन् । ‘नेपाल्स मेघा स्टार’को अडिशन चैतको अन्तिम साताबाट सुरु हुने भएको छ । यसको अडिशन नेपालका सातैवटा प्रदेशका प्रमुख ठाउँहरुमा हुने जानकारी छ । कार्यक्रममा विजयी हुनेलाई २० लाख र एउटा कार उपहार दिइनेछ ।
यसका अलावा विजेतालाई एउटा सिनेमामा मुख्य भूमिका निर्वाह गर्ने अवसर पनि यो कार्यक्रमले दिने भएको छ ।