उच्च माध्यमिक शिक्षा परिषदमा तालाबन्दी

<span class='c1'>उच्च माध्यमिक शिक्षा</span> <span class='c2'>परिषदमा तालाबन्दी</span>

बिराटनगर, ४ बैशाख । उच्च माध्यमिक शिक्षा परिषद क्षेत्रिय कार्यालय बिराटनगरमा सामुदायिक उच्च माबिका शिक्षकहरुले आज बिहान तालाबन्दी गरेका छन् । बिद्यालय क्षेत्र सुधार कार्यक्रम लागु नगर्न लगायका बिभिन्न १४ सुत्रिय माग सहित नेपाल सामुदायिक उच्च माबि शिक्षक युनियनले आज बिहानदेखी अनिश्चितकालका लागी परिषदको कार्यालयमा तालाबन्दी गरेको हो । सामुदायिक उच्च माबिलाई स्थायी सम्बन्धन दिनुपर्ने, राज्यले आर्थिक दायित्व बहन गर्नुपर्ने, सामुदायिक उच्च माबिमा कार्यरत सामुदायिक बिद्यालयका शिक्षकहरु नियुक्ती दिई बिश्व बिद्यालयमा अध्यापन गराउने लेक्चर सरह सेवा सुबिधा दिनुपर्ने लगायका माग सहित तालाबन्दी गरिएको युनियनका अध्यक्ष डिल्ली सिग्देलले बताउनुभयो । उहाले शिक्षा ऐन परीमार्जन गर्दा समेत सामुदायिक बिद्यालयका शिक्षकहरुको बारेमा केही उल्लेख नगरेको भन्दै आक्रोश पोख्नुभयो । अध्यक्ष सिग्देलले बिद्यालय क्षेत्र सुधार कार्यक्रम लागु गर्दा शैक्षिक उपनिबेश कायम हुने, बेरोजगारी दर बढ्ने लगायतका प्रतिकुल असर पर्ने भएकाले लागु नगर्न आग्रह सहित आज देशभरका परिषदका क्षेत्रिय कार्यालयहरुमा तालाबन्दी गरिएको समेत जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्