खडेरीमा धान रोप्ने किसान, सामुहिक खेतीले फेरिएको जीवन (भिडियो सहित)

<span class='c1'>खडेरीमा धान रोप्ने किसान, सामुहिक</span> <span class='c2'>खेतीले फेरिएको जीवन (भिडियो सहित)</span>

सुमन सुस्केरा
विराटनगर, १९ चैत ।
चैतको चर्को घाम । कोही रोपाई गर्दै गरेका, कोही धानको बिउ काढेका अनी केही अलिक अघि धान रोपेकाहरु धान गोड्नमा ब्यस्त देखिन्छन् । यो भारतसँग सिमा जोडिएको क्षेत्र जहदा गाउँपालिका बुधनगरका किसानहरुको अबस्था हो । हल गोरुसँगै खेतमा जोत्दै गरेको अबस्थामा भेटिए जहदा १ बुधनगरका किसान सुरेन्द्रराज ताजपुरीया । चैतको १५ गई सकेको अबस्थामा पनि राम्रोगरि धान रोपाई गर्ने हो भने उत्पादन गरेर देखाउने दाउमा छन् । एक बिगाहामा उनले चैते धान खेत शुरु गरेका छन् ।

१ बिगाहाबाट ८० मनसम्म फाउने दाउमा उनी देखिन्छन् । धान नफलेको बेलामा पनि ६ मन भन्दा बढी फल्ने गरेको सुनाउँछन् । उनी एउटा छोरा सहित धान रोपाई गर्दै गर्दा पानीको पनि समस्याको रुपमा देखिँदै आएको थियो । तर यसको ब्यवस्था जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको बोरिङको सहयोगमा पानीको जोहो गर्छन् । कहिले त पानीको ब्यवस्था सहजै हुन्छ तर कहिले त पर्नु अप्ठेरो पर्ने उनको भनाई छ ।

https://youtu.be/MaeF_YAH7Bc

१ बिगाहाबाट ८० मनसम्म फाउने दाउमा उनी देखिन्छन् । धान नफलेको बेलामा पनि ६ मन भन्दा बढी फल्ने गरेको सुनाउँछन् । उनी एउटा छोरा सहित धान रोपाई गर्दै गर्दा पानीको पनि समस्याको रुपमा देखिँदै आएको थियो । तर यसको ब्यवस्था जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराएको बोरिङको सहयोगमा पानीको जोहो गर्छन् । कहिले त पानीको ब्यवस्था सहजै हुन्छ तर कहिले त पर्नु अप्ठेरो पर्ने उनको भनाई छ ।त्यसैको छेउमा थिए अर्का किसान सुरेश कुमार बैठा । उनी भर्खरै बिउ खेतमा पु¥याएर फर्किँदै थिए । उनी चैते धान पकेट संचालक समितिका अध्यक्ष तथा जागृति कृषक समुहमा समेत आबद्ध किसान हुन । उनले यसरी चैतमा धान खेती गर्न थालेको १० बर्ष भयो । १० बर्ष भन्दा पहिला यहाँ कसैले पनि चैतमा धान खेती गर्दैन थिए । बिगत १० बर्षको अबधिमा यहाँका किसानले धेरै परिवर्तन ल्याएको उनको अनुभव छ । खाली खेतको बिचमा के नै पो परिवर्तन गर्न सकिन्थ्यो र ? १० बर्ष पहिलाको अबस्था त्यस्तै नै थियो । ‘तर अहिले समय फेरीएको छ, गाउँमा धेरै समुहहरु बनेका छन् , बैठा भन्छन्, सात महिना बाँझै हुने जग्गा अहिले पनि हरियाली छ, जग्गा कतै खाली छैनन् ।’

त्यसैको छेउमा थिए अर्का किसान सुरेश कुमार बैठा । उनी भर्खरै बिउ खेतमा पु¥याएर फर्किँदै थिए । उनी चैते धान पकेट संचालक समितिका अध्यक्ष तथा जागृति कृषक समुहमा समेत आबद्ध किसान हुन । उनले यसरी चैतमा धान खेती गर्न थालेको १० बर्ष भयो । १० बर्ष भन्दा पहिला यहाँ कसैले पनि चैतमा धान खेती गर्दैन थिए । बिगत १० बर्षको अबधिमा यहाँका किसानले धेरै परिवर्तन ल्याएको उनको अनुभव छ । खाली खेतको बिचमा के नै पो परिवर्तन गर्न सकिन्थ्यो र ? १० बर्ष पहिलाको अबस्था त्यस्तै नै थियो । ‘तर अहिले समय फेरीएको छ, गाउँमा धेरै समुहहरु बनेका छन् , बैठा भन्छन्, सात महिना बाँझै हुने जग्गा अहिले पनि हरियाली छ, जग्गा कतै खाली छैनन् ।’
समुहमा खेती
गहुँ, मुसुरो नहुने भएपनि किसानहरु चैते धानमा लागेका हुन । एक्ला एक्लै खेती गरेका किसानहरु पछिल्लो समय उनीहरु सामुहिक खेतीमा लागेका छन् । दुई बर्ष अघि सम्म १५ बिगाहामा सामुहिक धान खेती गरेकोमा यो क्षेत्रफल किसानहरु बढाएका छन् । अहिले किसानले समुहमा ५० बिगाहा खेती शुरु गरेका छन् । आगामी बर्षदेखि एक सय बिगाहा सामुहिक खेती गर्ने योजना बनाको बताउँछन् । किसानलहरु सबै मिल्छन् र प्रबिधिका आधारमा खेती गर्छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालनमा आएपछि किसानहरुलाई थप एकै ठाउँमा मिलेर काम गर्ने अबस्था सिर्जना गरेको छ । एउटा समुह २५ जनाको हुन्छ ति २५ जना मध्यका सबै मिल्छन् र पालै पालो काम गरेका भेटिन्छन् । अध्यक्ष बैठाले भने, ‘२५ जनाले १५ बिगाहामा धेरथोर सबै मिलेर काम गर्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्