डीपीएल : विराटनगर किङस ४२ रनले बिजयी , प्रतियोगिताको पहिलो जित

<span class='c1'>डीपीएल : विराटनगर किङस ४२ रनले</span> <span class='c2'>बिजयी , प्रतियोगिताको पहिलो जित</span>

धनगढी,चैत्र २१ । धनगढी प्रिमियर लिगमा विराटनगर किङसले पहिलो जित दर्ता गरेको छ । विराटनगर किङसले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै जित दर्ता गरेको हो ।

रुपन्देहीले लगातार तेस्रो हार ब्यहोरेसंगै प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । धनगढीको संघीय इकाई प्रहरीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । बलियो सुरुवात गरेको विराटनगरले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेको थियो । ओपनर अनिल शाह ३६ रनमा आउट भएपछि विराटनगरले पहिलो विकेट गुमायो । त्यसपछि बाबर हायात र दिलिप नाथले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पु¥याए । दिलिप ४३ रनमा आउट भए भने बाबरले ५८ रन बनाए । त्यसपछि कप्तान पारस खड्काले २२ तथा सौरभ खनालले अविजीत १७ रन बनाए । बलिङ तर्फ रुपन्देहीका सेफयान मोहम्मदले २ विकेट लिए । जवाफमा सुरुवात राम्रो गर्न नसकेको रुपन्देही २० ओभरमा १ सय ३९ रनमा रोकियो ।

उसका लागि प्रदिप ऐरीले ५४ रन बनाउँदा दिपक प्रशाद २२ रनमा आउट भए । ६६ रन बनाउँदा ३ विकेट गुमाएको रुपन्देहीले १ सय कटाउदा ७ विकेट गुमाएको थियो । उसका ५ खेलाडीले दोहोरो अंक छुन सकेनन । बलिङ तर्फ विराटनगरका सुभंम कामतले ३ तथा रामनरेश गिरीले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्