आईपीएल : राजस्थान रोयल्समाथी ९ विकेटको शानदार जित निकाल्दै सनराइजर्स विजयी

<span class='c1'>आईपीएल : राजस्थान रोयल्समाथी ९ विकेटको</span> <span class='c2'>शानदार जित निकाल्दै सनराइजर्स विजयी</span>

एजेन्सी । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ  । सोमबार राति भएको आफ्नो पहिलो खेलमा राजस्थान रोयल्समाथी ९ विकेटको शानदार जित निकाल्दै सनराइजर्सले विजयी सुरुवात गरेको हो ।

राजिब गान्धी क्रिकेट स्टेडियममा राजस्थानले दिएको १२६ रनको लक्ष्य घरेलु टोली सनराइजर्सले १५ ओभर ५ बलमा मात्र एक विकेट गुमाएर पुरा गर्यो । सनराइजर्सको जितमा शिखर धवनले अविजित ७७ रनको योगदान दिए । विस्फोटक ब्याटिङ गरेको धवनले ५७ बलमा १३ चौका र १ छक्का प्रहार गरेका थिए ।

यस्तै सनराइजर्सका कप्तान केन विलियमसनले अविजित ३६ रन जोड्दा रिद्दिमान साह ५ रनमा आउट भए । राजस्थानका जयदेव उनाडकटले १ विकेट लिए  ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभर खेल्दै ९ विकेट गुमाएर १२५ रनको योगफल तयार गरेको थियो । राजस्थानको लागि सन्जु सामसनले सर्वाधिक ४९ तथा श्रेयस गोपालले १८ रन बनाए  ।

त्यस्तै राजस्थानका राहुल त्रिपाठीले १७, कप्तान अजिन्का रहानेले १३ रन जोडेपनि अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्ने सकेनन्  । राजस्थानलाई सस्तैमा समेट्न सनराइजर्सका सिद्धार्थ काउल र शाकिब अल हसनले समान  कोलकाताका नितिस राना र विनय कुमारले समान २ – २ विकेट लिए ।

यो जितसँगै सनराइजर्स हैदरावादले लिगमा २ अंक जोडेको छ । राजस्थानविरुद्धको शानदार जितसँगै सनराइजर्स शीर्ष स्थानमा पुगेको छ । पराजित राजस्थान लिगको पुछारमा रहेको छ । लिगमा कोलकाता नाइटराइडर्स, किङस इलाभेन पन्जाब र चेन्नई सुपर किङसले पनि समान २ – २ अंक जोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्