अमेरिकाले गर्यो करिब ९ हजार नेपालीलाई विस्थापनको तयारी

अमेरिकाले गर्यो करिब ९ हजार नेपालीलाई विस्थापनको तयारी

अमेरिकाले करिब ९ हजार नेपालीलाई विस्थापनको तयारी गरेको द वासिंटन पोस्टले जनाएको छ । वासिंटन पोस्टको अनलाइन संस्करणले नेपाली नागरिकलाई अमेरिकाको होमल्यान्ड सेक्युरिटीले दिँदै आएको टीपीएस खारेजको तयारी गरेको जनाएको छ ।
नेपालमा तीन वर्षअघि गएको भूकम्पपछि नेपालीलाई अमेरिकी सरकारले टीपीएस सुविधा दिएको थियो ।

समाचारमा जनाइएअनुसार बुधबार यो निर्णय हुन सक्नेछ । टीपीएस खारेजपछि नेपालीलाई स्वदेश फर्किनका लागि एक वर्षको समय दिन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्