रानी–धरान ६ लेन सडकमा खेलाँची, ईटहरी र दुहवीमा घर भत्काउन समस्या

<span class='c1'>रानी–धरान ६ लेन सडकमा खेलाँची, ईटहरी</span> <span class='c2'>र दुहवीमा घर भत्काउन समस्या</span>

विराटनगर, १९ वैशाख ।
भारत र तेश्रो मुलुकसँगको ब्यापार सहजीकरणका लागि बिराटनगरको रान िदेखि धरानसम्मको ४९ किलोमिटर ६ लेन सडक विस्तार भईरहेको छ। सडक विस्तारको काम हुने क्रममा ईटहरी र दुहबी बजार क्षेत्रका घर भत्काउन समस्या देखिएको छ । अहिले सडक बिस्तारका लागि ईटहरीको तरहरासम्म ठेक्क लागेर काम भईरहेको छ । विराटनगरबाट ईटहरीसम्म सडक बिस्तार गर्दा सडकको बिच भागबाट दुबैतर १५–१५ मिटर बिस्तार गरिएकोमा अब ईटहरीबाट धरानसम्म भने २५–२५ मिटर राजपत्रमा सुचना जारी गरी काम भईरहेको छ । तर ईटहरी उपमहानगरपालिकाले ईटहरी बजार क्षेत्रमा सडकको बिच भागबाट दुबैतिर १५–१५ मिटर मात्र बिस्तार गर्न ६ लेन सडक विस्तार आयोजनालाई आग्रह गरेको छ । जसले गर्दा आयोजनाले सडक विस्तार गर्ने काम रोकेको छ । ‘स्थानीय सरकारले सडक विस्तार गर्न सहयोग गर्नु पर्ने हो तर सडकको बिचबाट दुबैतिर १५–१५ मिटर मात्र बिस्तार गर्न आग्रह गर्नुभएको छ, सडक विस्तार आयोजनाका ईन्जीनियर सुमोद पोखरेलले भने, ‘यस बिषयमा स्थानीय सरकारसँग बसेर कुरागर्छौ अनी काम अघि बढ्छ ।’ उनका अनुसार, २०३४ सालमै सडक विभागले ऐनमा ईटहरी बजार क्षेत्रमा १०२ मिटर सडकका लागि छाडेर घर निर्माण गर्न भनेकाले गर्दा अधिकांश घर त्यसपछि बनेकाले गर्दा नयाँ विकसित सहरका लागि सडक फराकिलो बनाउनु उपयुक्त हुन्छ । ईटहरी क्षेत्रमा मुस्कीलले ५० घ भत्काउनु पर्छ ।यहाँका घरका अधिकांशको अगाडीका केही भाग मात्र भत्काईने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्