कुनै बेलाका भारतीय टेलिभिजनमा धेरै हिट कमेडियनमा कहलाएका कपिल शर्मा जमिनबाट आकास हुँदै पुन जमिनमा पछारिएका छन् ।सोनी टिभी कमेडी सर्कसबाट आफनो करियर सुरुवात गरेका कपिलले “कमेडी नाईट्स कपिल” र “द कपिल शर्मा शो” बाट निकै चर्चा कमाए ।
आफ्नै सहकर्मी सुनिल ग्रोबरसंग झगडा परेदेखि उचाईमा रहेको करीयर एकाएक खस्कीएको हो । बिस्तारै डिप्रैसनको शिकार बनेका कपिलले मानसिक तनाबबाट गुज्रिएका कारण धेरै आलोचनाको साथै नयाँ ल्याएका सवै कार्यक्रमहरु एक एक गरी बन्द हुँदै गयो ।
आफनो म्यानेजरसमेत रहेकी पूर्व प्रेमीका प्रिती सिमोसको कारण नयाँ शो क्यान्सील भएको बताउँदै आएका उनी पूनः मिडियाबाट एकाएक गायब बने र चलिरहेको शो पनि बन्द भयो । उनी गायब बनेपछि मिडियामा विभिन्न खाले समाचारहरु बने । जसबाट आजित भएका उनले मिडियालाई गाली गर्दे ट्वीट पनि गरे । हालै उनले एक पत्रकारलाई आफनोबारेमा नचाहिने खबर छापेको , आफनो बेईज्जत गरेको भन्दै कानुनी नोटिस पठाउँदै १०० करोडको क्षतिपुर्ती माग गरेका छन् ।
यतिमात्र होईन कपिलको समाचार हटाउँनु पर्ने र सार्वजनिकरुपमा माफी माग्नु पर्ने माग कपिलले गरेका छन् । उता कपिलले आफनो प्रेमीकाले २५ लाख मागेको भन्दै प्रहरीमा उजुरी पनि दिएका छन् । भनिन्छ यतिबेला कपिलले मानसिक तनावको कारण उपचार लिईरहेका छन् ।