रोनाल्डोले आफ्नो सुरक्षाका लागि पूर्व‘बुल फाइटर’लाई अंगरक्षक नियुक्त

<span class='c1'>रोनाल्डोले आफ्नो सुरक्षाका लागि</span> <span class='c2'>पूर्व‘बुल फाइटर’लाई अंगरक्षक नियुक्त</span>

चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो सुरक्षाका लागि एक पूर्व‘बुल फाइटर’लाई अंगरक्षक नियुक्त गरेका छन् ।

विश्वकप फुटबल नजिकिएसँगै आफूलाई लगातार आइरहेको धम्कीका कारण उनले अंगरक्षक नियुक्त गरेको बताइएको छ । उनले पूर्व ‘बुल फाइटर’ नुनो मारेकोसलाई आफ्नो निजी अंगरक्षक नियुक्त गरेका हुन् ।

व्यावसायिक क्लव रियल मड्रिडमा आवद्ध पोर्चुगलका स्टार खेलाडी रोनाल्डोलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ लगायतबाट ‘सुरक्षा थ्रेट’ आएको विभिन्न समाचार एजेन्सीले जनाएका छन् ।

नुनोले आधा टन वजनको साँढेसँग रित्तो हातले नै भिडन्त गर्ने गरेका छन् । उनी मिक्स मार्शल आर्टमा पनि पोख्त रहेको बताइन्छ ।

उनले आफ्नो जिम्मेवारी सम्हालिसकेको बताइएको छ । हालै किभमा खेलिएको च्याम्पियन्स लिग फाइनलमा पनि उनले रोनाल्डोको अंगरक्षकका रुपमा भूमिका निर्वाह गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

‘बुल फाइट’ हेर्न रुचाउने रोनाल्डोले नुनोको साहस देखेर नै आफ्नो अंगरक्षकका रुपमा रोजेको बताइएको छ । ६ फिट २ इन्च अग्ला नुनो ‘बुल फाइट’ का क्रममा आफ्ना ८ सदस्यको समूहमा अग्रपंक्तिमा हुन्थे । उनी साँढेलाई बिच्क्याएर आफूतर्फ आकर्षित गर्ने काममा बढी क्रियाशील देखिन्थे । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्