जापानमा तीब्र गतिको एक बुलेट ट्रेनमा एक व्यक्तिले यात्रुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरी हत्या गरेका छन् ।
चक्कु आक्रमणबाट एक जना मारिनुका साथै अरु दुईजना भने घाइते भएका छन् ।
आक्रमणमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको जापानी प्रहरीलाई उद्धृत गर्दै समाचार संस्थाहरुले खबर दिएका छन् ।
टोकियोबाट ओसाकाका लागि छुटेको तीब्र गतिको उक्त रेलमा गएराति १० बजे घटना भएको हो । घटना भएको समयमा रेलमा ८ सयभन्दा बढी यात्रु थिए ।
घाँटीमा चक्कु प्रहार गरिएका पुरुष यात्रीलाई अस्पताल लगिएको र त्यही मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।
घाइते अरु दुईजना महिला हुन् । इचिरो कोजिमा नाम गरेका २२ वर्षका व्यक्तिले आक्रमण गरेको आशंकामा पक्राउ गरिएको छ ।(एजेन्सी)