एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा आज कोलम्बियाले जापानसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बिया र जापानबीचको खेल मोर्दोभिया एरिनामा हुनेछ ।
नेपाली समयअनुसार आज बेलुकी पौने ६ बजे खेल हुनेछ । कोलम्बिया रसिया विश्वकपको आफ्नो पहिलो खेलमा जित हात पार्दै शुखद सुरुवात गर्ने तयारीमा छ भने जापान कोलम्बियालाई रोक्दै आफु जित निकाल्ने रणनीति छ
अहिलेसम्म कोलम्बिया र जापानको ३ खेलमा भेट भएको छ । पहिलो पटक सन् २००३ मा भएको मैत्रीपूर्ण खेलमा कोलम्बियाले जापानलाई १—० गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरी सन् २००७ मा भएको खेलमा कोलम्बिया जापान गोलरहित बराबरीमा रोकिएको थियो भने सन् २०१४ को विश्वकपमा कोलम्बियाले जापानलाई ४—१ गोलले पराजित गरेको थियो ।
सन् २०१४ ब्राजिलले आयोजना गरेको विश्वकपमा एकै समुहबाट खेलेका कोलम्बिया र जापान ४ वर्ष पछि पुन रसियामा हुन लागेको विश्वकपमा एकै समुहबाट प्रतिष्पर्धा गर्दैछन् ।