विश्वकप फुटबलमा आज तीनवटा खेल हुने, रोनाल्डोको खेल आज

<span class='c1'>विश्वकप फुटबलमा आज तीनवटा खेल</span> <span class='c2'>हुने, रोनाल्डोको खेल आज</span>

काठमाडौं, असार ६ । विश्वकप फुटबलमा बुधबार (आज) तीनवटा खेल हुनेछन् ।

समूह ‘बी’को दोस्रो चरणको खेलमा पोर्चुगल र मोरक्को भिड्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुकी पौने ६ बजेदेखि मस्कोको लुझ्निकी रंगशालामा हुनेछ ।

समूहको पहिलो खेलमा पोर्चुगलले स्पेनसँग बराबरी खेल्दा मोरक्को इरानसँग पराजित भएको थियो ।

समूह ‘बी’कै अर्को खेलमा बुधबार स्पेन र इरान भिड्नेछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजेदेखि काजान एरिनामा हुनेछ ।

आजै बेलुकी पौने ९ बजे सुरु हुने खेलमा समूह ‘ए’का दुई टोलीहरु उरुग्वे र साउदी अरबिया भिड्नेछन् ।

पहिलो खेलमा इजिप्टलाई हराएको उरुग्वे आज साउदी अरबयिालाई जित्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा रहेको छ ।

पहिलो खेलमा रुससँग फराकिलो हार भोगेको साउदी आज उरुग्वेलाई रोक्ने रणनीतिमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्