विश्वकप फुटबलमा आज तीन खेल हुने , यस्ता छन् खेल !

<span class='c1'>विश्वकप फुटबलमा आज तीन खेल हुने</span> <span class='c2'>, यस्ता छन् खेल !</span>

बिराटनगर , असार १० । विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । नेपाली समय अनुसार साँझ पौने ६ बजे निझ्नी नोभ्गोरोद रंगशालामा समुह जी का दुई टोली इङ्ल्यान्ड र पानामा भिड्नेछन् ।

इङ्ल्यान्डले पहिलो खेलमा ट्युनिसियालाई हराएको थियो भने पानामा बेल्जियमसँग हारेको थियो ।

आजै बेलुकी पौने ९ बजे एकातेरीन्वर्ग एरिनामा जापान र सेनेगल भिड्नेछन् । पहिलो खेल जितेका यी दुई टोलीबीचको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

जापानले पहिलो खेलमा कोलम्बियालाई तथा सेनेगलले पोल्याण्डलाई हराएका थिए । आजको अन्तिम खेलमा राति पौने १२ बजे पोल्याण्ड र कोलम्बिया भिड्नेछन् ।

काजान एरिनामा हुने यो खेलमा विजयी हुने टोलीको अर्को चरणमा पुग्ने सम्भावना जिवित रहनेछ । आज पराजित हुने टोली भने समूह चरणबाटै घर फर्किनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्