बम हमलाबाट मुस्किलले जोगिए जिम्बाब्वेका राष्ट्रपति

<span class='c1'>बम हमलाबाट मुस्किलले</span> <span class='c2'>जोगिए जिम्बाब्वेका राष्ट्रपति</span>

काठमाडौं, असार १० । जिम्बाब्वेका राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गर्दै गरिएको एउटा बम हमलाबाट उनी मुस्किलले जोगिएका छन् ।

जिम्बाबेको बुलावायो शहरमा राष्ट्रपतिलाई लक्षित गर्दै भएको बम हमलामा उनी मुस्किलले जोगिएका हुन ।

ह्वाइट सिटी रंगशालामा भएको र्‍यालीमा आफ्ना समर्थकलाई सम्बोधन गरेर निस्कँदै गर्दा उनलाई लक्षित गर्दै बम विस्फोट भएको हो ।

उक्त हमलामा उपराष्ट्रपति केम्बो मोहादीको खुट्टामा सामान्य चोट लागेको छ ।

त्यसैगरी त्यहाँका केही वरिष्ठ अधिकारीहरु पनि घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आगामी जुलाई ३० मा हुन लागेको चुनावी प्रचारका क्रममा बुल्वेओमा भएको कार्यक्रममा उहाँ सहभागी भएकै स्थानमा बम विस्फोट गरिएको हो ।

मनाङगाग्वा गत नोभेम्वरमा पूर्वराष्ट्रपति रोबर्ट मुगाबेलाई हटाएर सत्तामा आउनुभएको थियो ।

राष्ट्रपतिका प्रवक्ताले विज्ञप्ति जारी गर्दै विगत पाँच वर्षमा राष्ट्रपतिको ज्यान लिने प्रयासहरू पटकपटक भएको बताएका छन् ।

विस्फोटमा आठ जना घाइते भएका छन् । उनीहरु पनि सामान्य उपचारपछि घर फर्किएको अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्