इंग्ल्यान्डद्वारा गोलको वर्षा , पानामा ६–१ गोलअन्तरले पराजित

<span class='c1'>इंग्ल्यान्डद्वारा गोलको वर्षा ,</span> <span class='c2'>पानामा ६–१ गोलअन्तरले पराजित</span>

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा इंग्ल्यान्डविरुद्ध पानामा ६–१ गोलअन्तरले पराजित भएको छ । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गोल गरे ।

जोहन स्टोनेसले खेलको आठौं मिनेटमा नै गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । खेलको २२औं मिनेटमा इंग्ल्यान्डका खेलाडीलाई पानामाका खेलाडीले आफ्नो डीबक्सभित्र फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल गर्दै २–० गोलको अग्रता दिलाएका थिए ।

खेलको ३६औं मिनेटमा जेसी लिंगार्डले गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । उनले डी बक्स बाहिरबाट उत्कृष्ट सर्ट प्रहार गर्दै गोल गरे । त्यस्तै, खेलको ४० औं मिनेटमा जोहन स्टोनेसले गोल गर्दै ४–० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा पानामाका खेलाडीले आफ्नो डी बक्सभित्र फल गरेपछि इंग्ल्यान्डले फेरि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट केनले गोल गर्दै पहिलो हाफसम्म ५–० गोलको अग्रता दिलाएका थिए ।

इंग्ल्यान्डको फराकिलो जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गोल गरे । दोस्रो हाफको ६२औं मिनेटमा केनले ह्याट्रिक पुरा गर्दै इंग्ल्यान्डलाई ६–० गोलको अग्रता दिलाएका थिए । विश्वकपमा ह्याट्रिक गोल गर्ने इंग्लिस खेलाडीमा उनी तेस्रो बने ।

पानामाले खेलको ७८औं मिनेटमा गोल गर्दै खेल ६–१ गोलको स्थितिमा पु¥याएको थियो । पानामाको लागि फिलिपे बलोयले गोल गर्न सफल भए । तर फराकिलो अन्तरले अग्रता बनाएको इंग्ल्यान्डलाई रोक्न भने सकेन ।

समूह जी बाट बेल्जियम र इंग्ल्यान्ड समान १–१ खेल खेल्नु अघि नै विश्वकपको नकआउट चरणमा पुगेका छन् । दुबै टिमले समान २–२ खेलमा जित हात पार्दै ६ अंक बनाएका हुन् । यो समूहबाट पानामा र ट्युनिसिया भने विश्वकपबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्