विश्वकप २०१८ : ह्याट्रिक गोल गर्दै इंग्ल्यान्डका कप्तान केन सर्वाधिक गोलकर्ता बने

<span class='c1'>विश्वकप २०१८ : ह्याट्रिक गोल गर्दै</span> <span class='c2'>इंग्ल्यान्डका कप्तान केन सर्वाधिक गोलकर्ता बने</span>

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह चरणको पानामाविरुद्ध ह्याट्रिक गोल गर्दै इंग्ल्यान्डका कप्तान ह्यारी केन सर्वाधिक गोलकर्ता बनेका छन् । जारी विश्वकपमा यो दोस्रो ह्याट्रिक हो ।

यसअघि स्पेनविरुद्ध पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले जारी विश्वकपमा पहिलो ह्याट्रिक गोल गरेका थिए ।

पानामाविरुद्ध इंग्ल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरको जित दिलाएका ह्यारीले जारी विश्वकपमा ५ गोल गरेका छन् । पहिलो खेलमा ट्युनिसियाविरुद्ध २ गोल गरेका केनले पानामाविरुद्ध भने ह्याट्रिक गोल गर्न सफल भए । २ गोल उनले पेनाल्टीबाट लगाएका थिए भने एक गोल सर्ट प्रहार गर्दै गोल गरेका थिए ।

यसअघि रसिया विश्वकपमा व्यतिगत ४—४ गोल गर्ने खेलाडीका रुपमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो  र बेल्जियमका रोमेलु लुकाकु थिए । शनिबार भएको बेल्जियम र ट्युनिसियाबीचको खेलमा बेल्जियमका लुकाकुले २ गोल गर्दैै रोनाल्डोलाई भेटाएका थिए ।
कप्तान केनलाई विश्वकपको गोल्डेन बुटको दाबेदारको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्