विश्वकप फुटबलमा आज चार खेल : सबै खेल महत्वपूर्ण हुने

<span class='c1'>विश्वकप फुटबलमा आज चार खेल</span> <span class='c2'>: सबै खेल महत्वपूर्ण हुने</span>

काठमाडौं, असार १२ । विश्वकप फुटबलमा आज पनि चार खेल हुनेछन् । आज समूह सि र डि का अन्तिम चरणका लिग खेल हुनेछन् ।

नेपाली समय अनुसार वेलुकी पौने ८ बजे फ्रान्स र डेनमार्क तथा अष्ट्रेलिया र पेरु भिड्नेछन् ।

फ्रान्स समुहमा लगातार दुई खेल जित्दै राउण्ड अफ सिक्सटिनमा छनोट भइसकेको छ भने ४ अंक जोडेको डेनमार्कलाई अर्को चरणको यात्रा पक्का गर्न आजको खेल कम्तिमा बराबरीमा सकाउनुपर्नेछ ।

डेनमार्क पराजित भएको अवस्थामा भने समूहको अर्को खेलको नतिजा निर्णायक हुनेछ । समुहको अर्को खेलमा अस्ट्रेलिया र पेरु भिड्नेछन् । अष्ट्रेलियाको १ अंक छ भने पेरु अंकविहीन अवस्थामा रहेको छ ।

आजै राति पौने १२ वजे अर्जेन्टिना र नाईजेरिया तथा आईसल्याण्ड र क्रोएसिया भिड्नेछन् । २ खेलबाट ६ अंक जोडेको क्रोएसिया राउण्ड अफ सिक्सटिनमा पुगिसकेको छ ।

३ अंक जोडेको नाईजेरिया तथा १÷१ अंक जोडेका आईसल्याण्ड र अर्जेन्टिना पनि अर्को चरणमा पुग्ने होडमा जिवित छन् ।

अर्को चरणमा पुग्न अर्जेन्टिनाले आजको खेलमा नाईजेरियालाई हराउनुपर्नेछ । अर्को खेलमा आईसल्याण्ड क्रोएसियासँग पराजित वा कम्तिमा बराबरीमा रोकिनुपर्नेछ ।

अर्जेन्टिना र आईसल्याण्ड दुबै टोली विजयी भएको अवस्थामा गोल अन्तरको आधारमा एक टोली छनोट हुनेछ ।

नाईजेरिया विजयी भएको अवस्थामा भने ऊ सोझै राउण्ड अफ सिक्स्टिनमा पुग्नेछ । यसको अर्थ अर्जेन्टिना र आईसल्याण्ड समुह चरणबाटै बाहिरिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्