खदम खोलामा बग्दै गरेका बालकको यसरी भयो उद्दार (भिडियो सहित)

<span class='c1'>खदम खोलामा बग्दै गरेका बालकको</span> <span class='c2'>यसरी भयो उद्दार (भिडियो सहित)</span>

विराटनगर, २२ असार ।
बिहिवार दिउँसो मोरङको खदमखोला धमिलिएर आउँदै थियो । गाउँका सबै धान रोप्न खेतमा गएका । घरमा कोही पनि थिएनन । केरावारी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा बग्ने खदम खोला धमिलिएर उर्लिँदै थियो । दिउँसोको झण्डै साढे ४ बजेको थियो । सबै धान रोपाईँमा भएकोले वडा नम्बर ७ का अमृत दुलालको घरमा पनि कोही थिएनन् । अमृत दुलाल र उनकी श्रीमती पनि खेतीमा नै ब्यस्त थिए । घरमा कोही नभएको मौका छोपेर गाउँका ३ जना बालबालिका नजिकै रहेको खदम खोलाको किनारमा खेल्न निस्किएका थिए ।
यसरी खोलामा खेल्न जाने अधिकांश बालबालिकाको उमेर ६ बर्षको हाराहारीका थिए । २ जना बालक र एक जना बालिका सहित खोलामा बाढी आईरहेको बेलामा खोलाको डिलमा खेल्न निस्किए । खेल्दै गरेका उनीहरु मध्येका एकजना बालक अनसल दुलाल खोलाको गहिरो गाउँमा पुगे । उनलाई खोलाले बगाउँदै तल–तल लग्दै गयो । खोलाको पारी केरावारीको डिलमा रहेको प्रहरीको आँखा त्यही बेला पुग्यो । केही ज्याकेट जस्तै बगाउँदै लगेको जस्तो देखेपछि ईलाका प्रहरी कार्यालय केरावारीका खटिएका प्रहरी जवान राम बिनय यादब र प्रहरी जवान शुरेश थामी खोला किनारमा दौडिएर पुगे अनी हामफालेर खेलामा पसे । उनीहरु दौडीएर खोलामा पसेको छेवैका महिलाले पनि देखेका थिए ।
त्यो बेलासम्म बालकलाई ५० मिटर भन्दा तल पु¥याई सकेको थियो । केहीबेरमा नै ति प्रहरी जवानले बालकको उद्दार गर्न सफल भएको ईलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ । प्रहरी नायव निरिक्षक सई दिपककुमार यादवका अनुसार, प्रहरी जवान उद्दार गर्दै गरेको देखेपछि स्थानीय पनि दौडिएर आएका थिए । ति बालकसँगै खेल्न गएका अन्य २ जना भने रुँदै खोला किनारमा थिए । ‘५० मिटर तल पुुर्याउँदा पनि बालकले बगाएको थाहा पाएका थिएनन्, सई यादवले भने, उद्दार गर्दासम्म बालकको होस नै थिएन ।’
हरेक दिन खोलाको किनारमा प्रहरी ड्युटी हुने भएकोले मात्र बालक बच्न सफल भएको उनले जानकारी दिए । यदी कुनैपनी प्रहरी जवानको त्यहाँ आँखा नपुगेको भए बालकको शब पनि भेट्ने अबस्था थिएन, उनले भने, टाढाबाट प्रहरीले देखेपछि प्रहरी खोलामा पसेको थियो ।’
तिनै जना बालबालिका खदम खोलाको डाँगी पुच्छर भन्ने स्थानमा नुहाउँदै थिए । पानीको बेगका कारण बालकलाई बगाएको हुनसक्ने प्रहरीको भनाई छ । जब प्रहरीले ति बालकको उद्दार गर्यो अनी मात्र स्थानीयले थाहा पाएको प्रहरीले जानएको छ । उद्दार हुँदाको अबस्थासम्म बालक बेहोस अबस्थामा थिए । प्रहरीले बगाउँदै गरेको बालकको उद्दार भएपछि स्थानीय निक्कै खुसी भएका छन् ।

https://www.youtube.com/watch?v=FQSejXv8OS0&feature=youtu.be

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्