विराटनगरको फोहोर डस्टविनमा फाल्ने की सडकमा ? सडकमा फोहोर फाले महानगरले कार्वाही गर्ने

<span class='c1'>विराटनगरको फोहोर डस्टविनमा फाल्ने की सडकमा ?</span> <span class='c2'>सडकमा फोहोर फाले महानगरले कार्वाही गर्ने</span>

प्रेम देवान,
विराटनगर २२ असार । फोहरमैला व्यवस्थापनका लागि विराटनगर महानगरले अव फोहोर डस्टविनमा फालौ अभियान शुरु गरेको छ । अब फोहोर डस्टविनमा भन्ने नाराका साथ विशेष अभियान शुरु भएको हो ।
विराटनगर बजार क्षेत्रमा हिड्ने बटुवाहरुले जथाभावी फोहोर मैला फाल्ने गरेका कारण विराटनगर बजार दुर्गन्धित हुँदै गएको निश्कर्ष सहित महानगरले यो अभियान शुरु गरेको हो । बजारमा जथाभाबी फालिने फोहोरले बजार कुरुप देखि थालेपछि डस्टविनको प्रयोगलाई अनिवार्य गरिएको महानगरले जनाएको छ ।
मेयर भीम पराजुलीले एक कार्यक्रमका बिच फोहोर मैला व्यावस्थापनको लागि डस्टविन राखेर अभियानको शुरुवात गरे । फोहोर मैला व्यावस्थापनको लागि महेन्द्रचोकदेखि ट्राफिक चोक, मेनरोड हुदै तीनपैनी , पानिट्याङकीदेखी पुष्पलालचोकसम्म राखिएको मेयर राजुलीलले आवर विराटनगरलाई जानकारी दिए ।
बाटोमा हिड्ने बटुवाले चुइगम, चकलेट ,चाउचाउ , विस्कुट खानका लागि प्रयोग गरेका फोहोर, फोहोर जन्य पदार्थहरु डस्विनमा फाल्न मेयर पराजुलीले आग्रह गरे । फोहोर व्यावस्थापनलाई विशेष अभियान कै रुपमा लैजाने महानगरको तयारी छ । घर सफा देखाउने अनी लुकेर बाहिर रोडमा फोहोर फाल्नेलाई कडाई गर्नको लागि पनि यो अभियान शुरु गरिएको महानगर सरसफाई महाशाखाले जानाएको छ ।
‘हाम्रो विराटनगर–राम्रो विराटनगर’ बनाउनको लागि सबैको उत्तिकै दायित्व छ । हामी आफैले पनि विराटनगर सफा सन्दर हेर्न चाहान्छौ भने हामीले प्रयोग गरिएको प्लाष्टिक जन्य फोहोर महानगरले राखिदिएको फोहोर अनिवार्य राखौँ अन्यथा महानगरले जरिवाना समेत गर्नसक्ने भएकोले सचेत रहन महानगरले आग्रह गरेको छ । परिवर्तन भनेको हामी आफैबाट सुरुवात गर्यौ भने मात्र भोलीको दिनमा सकारत्मक परिवर्तन हुने र विराटनगर एउटा नमुना सहरको रुपमा स्थापित हुनेमा नगरवासी लाग्नु पर्ने विज्ञहरुको सुझाव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्