साढे ३३ किलो सुन तस्करी प्रकरण: गोरेका ३ जना सहयोगी धरौटीमा रिहा

<span class='c1'>साढे ३३ किलो सुन तस्करी प्रकरण: गोरेका</span> <span class='c2'>३ जना सहयोगी  धरौटीमा रिहा</span>

विराटनगर,२५ असार ।  सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थप ६ जनाको विषयमा जिल्ला अदालत मोरङले आदेश जारी गरेको छ ।

मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेका ३ जना सहयोगी पुर्पक्षका लागि जेल चलान भएका छन् भने ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलाशले आज ६ जना आरोपीमध्ये ३ जनालाई पुर्पक्षका लागि थुना राख्न र ३ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । काठमाडौ–१६ स्वयम्भूका ५४ वर्षीय फाल्दूङ्ग फुल्टुङ्ग भन्ने लक्षुबहादुर गुरुङ, काठमाडौं–६ गौरीघाटका ४२ वर्षीय रामकुमार तिवारी र काठमाडौं–९ का ३४ वर्षीय मदन सिलवाललाई जेल चलान गरिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

उर्लावारीका ३८ वर्षीय रेवत भन्ने रेवन्तकुमार आचार्यलाई १ लाख २१ हजार ५ सय रुपैयाँ धरौटी माग गरिएको छ । झापाको दमक–९ का ३४ वर्षीय विनोद अधिकारी र दोलखा चरिकोट–१ का ४३ वर्षीय मोतीराम श्रेष्ठलाई जनही १ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश भएको श्रेस्तेदार दुलालले बताए ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत् १ जनालाई फरार प्रतिवादी बनाएर ७ जनाविरुद्ध पूरक अभियोग लगाएको थियो । आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरीपैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक, कर्तव्य ज्यान मुद्दा दर्ता गरिएकोमा आइतवार र सोमवार भएको बहसपछि आदेश भएको हो । सुन तस्करी तथा हत्या प्रकरणमा अनुसन्धानका क्रममा पहिलो चरणमा बैशाख १९ गते ६३ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

पहिलो चरणमा जेल जानेमध्ये १६ जनाले मुलुकी ऐनको अदालती बन्दोबस्तको महलको १७ नम्बर प्रयोग गर्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्