सप्तरीमा यस वर्ष ५६ करोड रुपियाँ बराबरको आँपको व्यापार

<span class='c1'>सप्तरीमा यस वर्ष ५६ करोड</span> <span class='c2'>रुपियाँ बराबरको आँपको व्यापार</span>

सप्तरी, असार २७ । सप्तरीमा यस वर्ष ५६ करोड रुपियाँ बराबरको आँपको व्यापार भएको छ ।

आँपको राजधानी मानिएको जिल्ला सप्तरीमा आँप उत्पादनमा वृद्धि भएसँगै गत वर्षको तुलनामा व्यापार दोब्बर भएको हो ।

सात हजार हेक्टर क्षेत्रफलमा आँप खेती भए पनि पाँच हजार हेक्टरमा २८ हजार मेट्रिक टन आँप उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीमा सरदर प्रतिकिलो २० रुपियाँका दरले आँप बिक्री भएको कार्यालयले जनाएको छ । यसबाट किसानले ५६ करोड रुपियाँ प्राप्त गरेका छन् ।

कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवका अनुसार गत बर्ष सप्तरीमा १४ हजार मेट्रिक टन आँप उत्पादन भएकोमा करिब २८ करोड बराबरको आँपको व्यापार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्