प्रदेश १ का सबै इन्धन ढुवानी ट्याङ्करमा आधुनिक ताल्चा

<span class='c1'>प्रदेश १ का सबै इन्धन</span> <span class='c2'>ढुवानी ट्याङ्करमा आधुनिक ताल्चा</span>

शशिधर पराजुली

विराटनगर, असार २८ गते । नेपाल आयल निगमको विराटनगर क्षेत्रीय कार्यालय अन्तर्गत सञ्चालन भइरहेको इन्धन ढुवानी ट्याङ्करमा असार २८ गतेदेखि आधुनिक ताल्चा जडान हुने भएको छ । जेठभित्रै नयाँ ताल्चा प्रणालीमा जानुपर्ने भए पनि करिब एक महिना ढिलो गरी ताल्चा प्रणाली कार्यान्वयन गर्न लागिएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धन आयात गर्दा र नेपालको आन्तरिक वितरणका क्रममा बाटैमा इन्धन चुहावटको समस्या बढेपछि निगमले आईओसीसँगकै सहकार्यमा आधुनिक ताल्चा प्रणाली लागू गरेको हो । विराटनगरमा शनिबार औपचारिक कार्यक्रम आयोजना गरेर ताल्चा प्रणालीको आरम्भ गर्ने तयारी छ ।
विराटनगरमा सञ्चालित करिब ३२० इन्धन ढुवानी ट्याङ्करमा आधुनिक ताल्चा लाग्नेछ । करिब ९५ प्रतिशत ट्याङ्कर ताल्चा लगाउन तयारी भइसकेको क्षेत्रीय कार्यालय विराटनगरका प्रवन्धक तथा इन्जिनियर भरत रेग्मीले जानकारी दिनुभयो । ‘अब ५ प्रतिशत ट्याङ्करले लकिङ स्ट्रक्टर बनाउन बाँकी छ । अन्यथा त्यस्ता गाडीहरूलाई निगमले इन्धन ढुवानीका लागि पीडीओ उपलब्ध गराउने छैन’ उहाँले भन्नुभयो ।
आधुनिक ताल्चा प्रणालीमा गइसकेपछि साउन १ गतेदेखि त्यसलाई कडाइ पूर्वक कार्यान्वयनमा ल्याउने रेग्मीले बताउनुभयो । १ गतेपछि ताल्चा प्रणालीमा नजाने ट्याङ्करको ढुवानी रोकिने छ । स्टेनलेस स्टिलबाट निर्मित रडको संयोजनबाट इन्धन निकाल्न सकिने सबै मुखहरू एउटै तालाबाट बन्द गर्ने प्रणाली भरपर्दो मानिएको छ । आईओसीले पनि सोही प्रणाली अवलम्बन गरेको छ ।
पूर्वमा यसअघि चैत्र महिनामा ९० ओटा ट्याङ्करमा सो लकिङ सिस्टम प्रचलनमा ल्याइएको थियो । ती ट्याङ्करहरूले अहिले भारतको सिलिगुढीबाट इन्धन ढुवानी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्