सरकार छिट्टै एकोहोरो भयो : नेता सिटौला

<span class='c1'>सरकार छिट्टै एकोहोरो भयो</span> <span class='c2'>: नेता सिटौला</span>

झापा, ३० असार । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार छिट्टै एकोहोरो भएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अघिल्ला सरकारले केही समयसम्म काम गरेर एकोहोरो भएको हामीले देखेका थियौं तर दुई तिहाईको यो सरकार छिट्टै एकोहोरो भयो ।” “राज्यका सम्पूर्ण अंगहरूलाई यो सरकारले आफ्नै कब्जामा राखेर हिँड्ने छाँटकाट हामीले देखेका छौं” नेता सिटौलाले भन्नुभयो, “सरकार एकोहोरो भएर एउटै बाटोमा लाग्ने लक्षण हामीले देखकाले अब सरकारलाई सचेत गराउने बेला आएको छ ।” सरकारलाई सचेत गराउन राष्ट्रिय जागरण आवश्यक रहेको उहाँको भनाइ थियो । जनताका लागि जनताले ल्याएको परिवर्तनको उपभोग जनताले गर्न नपाउने भए परिवर्तन केका लागि ?” उहाँले प्रश्न गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्