जनप्रतिनिधि आएपछि के भयो एक वर्षमा विराटनगरमा? आगामी दिनमा यस्ता योजना

<span class='c1'>जनप्रतिनिधि आएपछि के भयो  एक</span> <span class='c2'>वर्षमा विराटनगरमा? आगामी दिनमा यस्ता योजना</span>

प्रेम देवान
विराटनगर ३० असार । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले मेयरको कार्यभाहार सम्हालेको एकवर्षको प्रगती सार्बजनिक गरेका छन् । मेयर पराजुलीले गत बर्ष असार २७ गते सपथ ग्रहण लिएपछिको एक बर्ष अबधिको गरेको कामको बारेमा जानकारी गराएका हुन् ।
‘सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ भन्ने मुल नाराका साथ एक बर्षको अवधिमा मेयर पराजुलीले दिनरात नभनी कामम गरेको समेत जनाएका छन् । तर जति राम्रा – राम्रा कामका बारेमा कुरा आए त्यती नै उनले आलोचित पनि भएका छन् । मेयर पराजुलीले गत आर्थिक बर्ष २०७४÷७५ को आर्थिक निती तथा कार्यक्रममा सुशासन, लैङ्गिकमैत्री एवं सामाजिक समावेशिता, बाताबरणमैत्री, बिपत व्यावस्थापन एवं गरिबी निवारणलाई प्रमुख आधार बनाई कामको थालनी गरेका थिए ।
चालु आर्थिक बर्षमा हाँसिल गरेका केही महत्वपुर्ण उपलब्धिहरुमा वडा तथा नगर स्तरीय योजना अन्तर्गत ग्रभेल २६ किलो मिटर, पिच मर्मत ९ किलो मिटर, नया पिच २.५ किलो मिटर,रिटेनिङ वाल ६.५ किलोमिटर, कलभट १२ वटा, आरसिसि सडक २२५ मिटर, कच्ची सडक २.५ किलोमिटर निर्माण गरिसकेको बताए । त्यस्तै ट्रमिनल बसबपार्कको भौतिक प्रगती ९५ प्रतिशत सकिएको उनले एक बर्ष भित्र भएको उपलब्धिको रुपमा लिएका छन् । सघन शहरी विकास कार्यक्रम अन्र्तगत ८० प्रतिशत सकिएको, आफ्नै पालामा निर्माण सहजताका लागि आफ्नै स्वामित्वमा रोलर, धुलो तान्ने मेसिन, बाटर टेकर आदि खरिद गरिएको उनले बताए । त्यस्तै उनले स्थानिय संञ्चार माध्यमलाई दिईने अनुदान रकम पनि वृद्धी गरिएको बताए ।
यस्ता योजना
आर्थिक बर्ष ०७५—७६ भित्रै ठुला र जनअपेक्षा गरे अनुसारका लोकप्रिय योजना कर्यान्वयनमा ल्याउने तयारी छ । विराटनगर—३ को औषधी व्यवस्था विभाग नजिक सडकले छोएको खाली जमिनमा भ्यू टावर निर्माण गरिने उनले बताए । करिब १ विगाहा ७ कठ्ठा क्षेत्रफल रहेको सो जमिनमा निर्माण हुने भ्यू टावरलाई पर्यटकीय हबको रूपमा विकास गरिने योजना रहेको छ ।
वल्र्ड बैकको सहयोगमा विराटनगरलाई मेघा सिटीको रूपमा विकास गर्ने कार्यक्रम अन्र्तगत विराटनगर—५ को डीपीएस नजिक रहको ५ विगाहा ७ कठ्ठा खाली जमिनमा आधुनिक पार्क निर्माण गरिने छ । प्रादेशिक बसपार्क निर्माणको लागी बुढीगंगा गाउँपालिका— ३ मा डीपीआरको काम सुरू भैसकेको उनले बताए । नगरक्षेत्र साँघुरो बन्दै गएको यर्थाथतालाई मनन गरेर पश्चितर्फ रहेको नहरमा वाईपास कालोपत्रे सडक निर्माण गर्ने कार्यक्रम आगामी बर्षको बजेटले सम्बोधन गरेको पराजुलीको भनाई छ । इको पार्क निर्माण, विरेन्द्र सभागृहको मर्मत लगायतका साना थुप्रै लोकप्रिय योजना आगामी बर्षको बजेटले सम्बोधन गर्ने उनको भनाई छ ।
२० बर्षदेखी निर्माण हुन नसकेको नगरक्षेत्रको रिङरोडलाई यस बर्षदेखी व्यवस्थित गरेर वाईपास सडकको रूपमा महानगरले संचालनमा ल्याउने योजना बनाईएको छ । झोराहाटमा अवरोध गरिएको रिङ रोडको जमिनमा मुद्धा हाल्नेलाई मुद्धा फिर्ता गर्न लगाउने कार्य भैरहेको पराजुलीले बताए । यस्तै विराटनगर—८ गुरूकुलमा सुविधा सम्पन्न सुशीला नाट्य घरलाई निर्माण गर्ने , विराटनगर—४ को तारणीप्रसाद कोइराला संचारग्रामको निर्माण कार्यलाई तिव्रता दिने , विराटनगर—१७ मा फुटवल मैदान तयार गर्ने कार्य पनि चालु आर्थिक बर्ष भित्रमै पुरा गर्ने लक्ष्य लिएको छ । विराटनगरको मुटुमा रहेको प्राकृतिक घोघा पैनीलाई वाईपास सडकको रूपमा स्तरउन्नती गर्ने , विराटनगर—१९ मा २५ सय अटाउन सक्ने क्षमताको अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रको निर्माण गरिने छ । यसकालागि स्थानीयले ५ विगाहा जग्गा निशूल्क उपलब्ध गराईसकेको पराजुलीले बताए । सडक किनारमा बसिरहेका सुकुम्बासी परिवारलाई विराटनगर—१९ मा स्थानान्तरण गर्न आवश्यक जग्गा खरिद गरिसकिएको उनले जानकारी दिए ।
निजी क्षेत्रको सहकार्यमा विराटनगर—३ मा औद्योगिक पर्दशनी स्थल निर्माण गरिनेछ, उनले भने, विराटनगरको व्यस्त चौक कञ्चनवारी , बरगाछी र भट्टी मोड (घास चौक) मा आकाशे पुल निर्माण गर्ने योजना बनाईएको छ ।’ ऐतिहाँसि तथा साँस्कृतिक महत्व बोकेको विराट–राजाको दरवारलाई जिर्णोदारकागरि त्यसको समृद्धिका काम थालिने उनको भनाई छ । महाभारतकालमा विराट राजा आएर बसेको दरवार रहेकोले यसको पहिचानलाई जीवन्त राखी देशव्यापी रूपमा प्रचार प्रसार गर्ने र धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने महानगरपालिकाको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्