सप्तकोशी नदीमा पानीको बहाव केही घटेपनि खतरा भने कायमै

<span class='c1'>सप्तकोशी नदीमा पानीको बहाव केही</span> <span class='c2'>घटेपनि खतरा भने कायमै</span>

सुनसरी, असार ३२ । सप्तकोशी नदीमा पानीको बहाव केही घटेपनि खतरा भने कायमै रहेको छ ।

आइतबार सप्तकोशीमा पानीको वहाव यो बर्षकै उच्च प्रतिसेकेण्ड २ लाख २२ हजार ६ सय २५ क्युसेक रहेकोमा आज घटेर २ लाख ८ हजार ८ सय ६५ क्युसेक पुगेको छ ।

सप्तकोशीमा पानीको वहाव १ लाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ । आज ब्यारेजका ५६ मध्ये २६ वटा मात्र ढोका खोलिएको छ ।

जीर्ण बनेको सप्तकोशी ब्यारेजका सबै ढोका नखोलेपछि स्थानीय बासिन्दा त्रसित र असुरक्षित भएका छन् ।

ब्यारेजका सबै ढोका नखोलेकाले वराह क्षेत्र नगरपालिकाको श्रीलंका टापु पूरै डुबानमा परेको छ ।

कोशी ब्यारेजका ढोका थुनेर नेपालीलाई असुरक्षित बनाएको वराह क्षेत्र नगरपालिकाका मेयर नीलम खनालले बताए ।

सप्तकोशीमा पानीको बहाव उच्च भएपछि स्थानीय बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्