आज, साउन महिनाको पहिलो सोमबार विराटनगरमा देखिएका शिवका पिठहरुमा श्रदालु भक्तजन (फोटो फिचर)

<span class='c1'>आज, साउन महिनाको पहिलो सोमबार विराटनगरमा देखिएका</span> <span class='c2'>शिवका पिठहरुमा श्रदालु भक्तजन (फोटो फिचर)</span>

आज, साउन महिनाको पहिलो सोमबार । देशैभरका विभिन्न शिवका मठ मन्दिरमा जल चढाई शिव भगवानको पूजाअर्चना गर्ने काम गरिन्छ । आजको दिन महिलाहरु मन्दिरमा पुगी भक्तिभाव व्यक्त गर्ने काम गर्दछन् । साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोआकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । साथै सोमबार व्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास समेत छ । यस्तो देखियो विराटनगरका विभिन्न शिवका पिठहरुमा सोमबार पुजा गर्नेको भिड।
खास गरी सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा छ । यो वर्ष साउनमा ४ वटा सोमबार परेका छन् ।

तस्वीर ः आवर विराटनगर डट नेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्