विराटनगर एक रातको बर्षा मै यसरी डुब्यो, कसरी टर्ला खतरा

<span class='c1'>विराटनगर एक रातको बर्षा मै</span> <span class='c2'>यसरी डुब्यो, कसरी टर्ला खतरा</span>

विराटनगर, ९ साउन ।
संयुक्त टोल नगर समन्वय समितिका अध्यक्ष राजेश मास्के बुधवार बिहानै बिराटनगर १०को लर्डबुद्ध कलेज नजिकै आफ्नै घर अगाडीको पानी निकाशको लागि कोदालो निएर खन्न निस्किए । उनले यो फोटो आफ्नो फेसवुक पेजमा पनि पोष्ट गर्न भ्याए । मंगलवार साँझ देखि परेको पानी रातभरी पर्दा उनीसँगै आसपासका केही घरहरु डुबेका छन् ।
कहिल्यै पानी नपस्ने उनको घरमा गत बर्षको बर्षा देखि पानी पस्न थालेको हो । अलिक ठुलो पानी पर्ने वितिकै डुब्न थालेको उनले सुनाए । जमिनको सतह भन्दा माथि नाली बनाइँदा छेउछाउका घरहरु डुवानमा परेका हुन । यहाँको पानीको निकासको लागि कुनै योजना नबनाईँदा पनि सामान्य पानी पर्दापनि समस्या भएको उनले सुनाए ।
विराटनगरमा सामान्य पानी पर्दापनि अब डुवान हुने हो की भन्ने त्रास जन्माएको छ । गत बर्ष बर्षाको कारण बिराटनगरका अधिकांश क्षेत्र डुवानमा परेको स्मरण हुँदा हुँदैपनि यो बर्ष पनि त्यसबाट बच्ने उपाएको खोजी कतैबाट पनि भएको छैन । जिल्ला तह तथा संरचना खारेज भईसकेको अबस्थामा विराटनगर महानगरपालिकाकाले यसको बारेमा चनाखो हुनुपर्ने अबस्थामा अहिले सम्म चासो नदिएको मास्केले आरोप लगाए । विकास निर्माणमा भएको भ्रष्टाचारको कारण अहिले नगरवासीले सास्ती पाउनु परेको उनको गुनासो छ ।
एसियाली विकास बैंकको साझेदारीमा संचालित झण्डै ७ अर्ब परियोजनामा चरम लापरवाहीका बिच निर्माणको काम भएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्