विराटनगरमा शिक्षक दरबन्दी मिलानका विषयमा सुझाव संकलन

<span class='c1'>विराटनगरमा शिक्षक दरबन्दी मिलानका</span> <span class='c2'>विषयमा सुझाव संकलन</span>

विराटनगर ९ साउन । स्थानीय तहमा शिक्षकको दरबन्दी मिलानका लागी सरकारले गठनगरेको कार्यदलले पहिलो विराटनगर आज छलफल गरेको छ ।
शिक्षक दरवन्दिका विषयमा गहन अध्यन र विश्लेषणका लागी विराटनगर आएको कार्यदलले समवन्धित निकायहरुसंग छलफल गर्दै सल्लाह सुझाव समेत लिएको छ ।
कार्यक्रममा वोल्दै एकनम्वर प्रदेशका समाजिक विकासमंत्री जिवन घिमिरे शिक्षक दरवन्दी मिलानगर्ने नाममा अनावश्यक शिक्षक थपगर्ने पंक्षमा मन्त्रालय नभएको बताउनुभयो ।
उहाले कतिपय विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको सख्या धेरै भएकाले त्यस्ता विद्यालयमा आवश्यकता अनुसार शिक्षक दरवन्दी मिलान हुने बतानुभयो ।
शिक्षा विभाग र क्षेत्रिय शिक्षा निर्देशनालय पुर्र्वाञ्चल धनकुटाको सहयोगमा भएको कार्यक्रम एक नम्वर प्रदेशका स्थानिय निकायका प्रमुख, शिक्षा क्षेत्रसंग आवद्ध विभिन्न संघसंस्थाका प्रतिनिधीको सहभागिता थियो । शिक्षक संगठनका अध्यक्ष धर्मानन्द खरेलले शिक्षक दरवन्दि मिलानमा तदर्थवाद हावि भएको भन्दै शिक्षक व्यवस्थापनमा अन्यौलता भएको वताउनुभयो ।
शिक्षक दरवन्दी मिलानका लागी नेपाल सरकार असार ४ गतेको मन्त्री परिषदको वैठकले गठन गरेको कार्यदलको ४५ दिन भित्रमा प्रतिवेदन वुझाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्