सुनसरीको घुस्कीमा शसस्त्र प्रहरी र स्थानीवासी बिच झडप, १७ राउण्ड गोली चल्यो

<span class='c1'>सुनसरीको घुस्कीमा शसस्त्र प्रहरी र स्थानीवासी</span> <span class='c2'>बिच झडप, १७ राउण्ड गोली चल्यो</span>

विराटनगर, ९ साउन । सुनसरीका ेहरिनगर गाउँपालिकाको घुस्कीमा सशस्त्र प्रहरी र स्थानीय बिच झडप हुँदा आधा दर्जन घाइते भएका छन् । भारतीय सिमा क्षेत्रबाट खसी बोका ल्याउने क्रममा पुगेको सशस्त्र प्रहरीको टोलीले पटुवा घारीमा लुकाई राखेको अबस्थामा खसीलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको हो । सशस्त्र प्रहरीका हवल्दार सुबास यादव सहितको टोलीले खसीलाई भारतबाट ल्याएको राजश्व तिरेको बिल मागेको त्यो नभएपछि खसी नियन्त्रणमा लिन खोजेको थियो । खसी ब्यापारी ग्यास आलम र नसरुल आलमका छोरी मेहनाज खातुनलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रतिकार गरेका थिए ।
त्यहाँ कुरा नमिलेपछि खसी सहित उनीहरु भागेका र केही खसीलाई नियन्त्रणमा लिने क्रममा दोहोरो झडप भएको सशस्त्र प्रहरी सिमा सुरक्षा वल घुस्कीलले जनाएको छ । झडप हुन थालेपछि त्यहाँ सशस्त्र प्रहरीले थप बल पठाएको थियो । उनीहरुले मोरम चोकबाट प्रहरी कार्यालयमा वार्ता गर्न जाने भनेर जाँदै गर्दा करिब डेढ किलोमिटरको दुरीमा पुग्दा स्थानीयले सशस्त्र प्रहरीको हतियार र लौरो खोस्न थालेपछि सशस्त्र प्रहरीले जवाफी फायरिङ गरेको सशस्त्र प्रहरी वल घुस्कीका सई दिलबहादुर तामाङले जानकारी दिए । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिनको १७ राउण्ड हवाई फायर गरेको छ भने ७ राउण्ड अश्रुग्यास प्रहार भएको सई तामाङले जानकारी दिए ।
सशस्त्र प्रहरीले गोली चलाएपछि समुह तितर वितर भएको थियो । स्थानीयको आक्रमणमा २ जना सशस्त्र प्रहरी हवल्दार र सहायक हवल्दार गम्भीर घाईते भएका छन् । हल्दार सुवास यादव र सहायक हवल्दार नेत्र बस्नेत रहेका छन् । केहीलाई ढुङ्गाले र केहीले लौरो प्रहार गरी गम्भीर घाईते बनाएका हुन । अन्य केही सशस्त्र प्रहरीका आधा दर्जन सामान्य घाईते भएको र २ जना स्थानीय पनि गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।
स्थानीय ब्यापारी ईशा अन्सारीका अनुसार स्थानीय २ जना पनि सामान्य घाईते भएका छन । घाईते मेहनाज खातुन र कैयुम जट रहेका छन् । खातुनले भारतबाट खसी लिएर आउँदै गरेको अबस्थामा ३ जना सशस्त्रको जवानले रोकेर नियन्त्रणमा लिन खोजेपछि सशस्त्र प्रहरीले महिला माथि हातपातको प्रयास गरेको भन्दै स्थानीय शसस्त्र प्रहरी माथि खनिएको ब्यापारी अन्सारीले जानकारी दिए ।
अहिले घुस्कीमा यसै बारेमा छलफल भईरहेको भएपनि वार्ता निश्कर्षमा पुग्न सकेको छैन । यस बारेमा जिल्लाबाट सशस्त्र प्रहरीका डिएरपी र जिल्ला प्रहरी कार्याबाट डिएसपी नारायण चिमोरीया सहितको टोली वार्तामा सक्रिय रहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्