विराटनगरका एकसय ३५ घरमा पाईपलाईन मार्फत ग्यास पुग्दै

<span class='c1'>विराटनगरका एकसय ३५ घरमा</span> <span class='c2'>पाईपलाईन मार्फत ग्यास पुग्दै</span>

विराटनगर, १० साउन ।
विराटनगर महानगरपालिकामा पाईपलाईन मार्फत ग्यास हरेकको घर घरमा पाईप मार्फत ग्यास पुर्याउने भनेर काम भईरहेको छ । विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा घरघरमा वायोग्यास पु¥याउन अहिले धमाधम पाइप बिछ्याउने काम जारी छ । विराटनगर– १४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोवर संकलन गरी उत्पादन गरिएको वायोग्यास स्थानीयबासीको चुलोसम्म पुरयाउनको लागि पाईप विछ्याउने काम शुरु भएको छ ।
तत्कालीन जिल्ला विकास समिति वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र गौशालाका ८४ लाखमा ग्यास उत्पादन गर्ने गरी उपभोक्ताको घर घरमा ग्यास पुर्याउन पाइप लाइन विछयाउने काम अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिका ऊर्जा वातावरण अधिकृत ज्ञानेन्द्र सिंहले जानकारी दिए । ग्यास उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम सकिएको उनले जानकारी दिए । डेढवर्ष अघि शुुरु गरिएको प्लान्टवाट पहिलो चरणमा ३५ घरमा पाइपबाट चुलोसम्म ग्याँस पुर्याउने योजना रहेको उनले जानकारी दिए । एक साता भित्रै पहिलो चरणमा ३५ घरमा पाइपबाट ग्यास वितरण गरिने छ, त्यसपछिका दिनमा थप १ सय घरमा ग्यास पुर्याउने योजना रहेको उनले जानकारी दिए । गौशालाका व्यवस्थापक मोहितचन्द्र यादवका अनुसार गौशालामा २ सय ५ गाई छन । ती गाईबाट निस्कने दैनिक २ हजार केजी गोवरमार्फत् वायोग्यास उत्पादन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्