दिबंगत भईसकेका धरानका मेयरको फेसबुकमा स्टाटस आएपछि….

<span class='c1'>दिबंगत भईसकेका  धरानका</span> <span class='c2'>मेयरको फेसबुकमा स्टाटस आएपछि….</span>

विराटनगर, १० साउन ।
धरान उपमहानगर पालिकाका दिबंगत भईसकेका मेयर तारा सुब्बाको फेसबुक आईडीबाट एक्कासी स्टाटस अपडेट भएपछि सबै छक्क परेका छन् । बिहीवार दिउँसो करिब साँढे एक बजेको समयमा आएको स्टाटस पछि उनको आईडीबाट कसरी यस्तो स्टाटस आयो भनेर चिनेजानेकाहरु छक्क परेका हुन् । उनको स्टाटसमा ‘आईलभ यु धरान’ उल्लेख गरिएको थियो ।
कसले चलाउँदै छ उनको आईडी, मिस यु तारा कम्रेड लगायतका कमेन्ट आएपछि करिब एक घण्टाको समयसम्म पनि धेरैले स्टाटसमा कमेन्ट गरिरहेका छन् । कमेन्ट गरेकाहरुले कसले फेसवुक आईडी चलाएको र किन चलाएको तथा कहाँबाट संचालित छ भन्ने प्रश्नहरु राखेका छन् ।
गत मंगलवार काठमाण्डौमा उपचारको क्रममा निधन भएका राईको साउन ५ गते धरानमा अन्त्यष्टि भएको थियो । मृत्यु भएको १० दिन पछि आएको स्टाटसले अहिले उनका आफन्तलाई मात्र हैन उनका निकटलाई पनि अचम्मित बनाएको छ ।
यस बारेमा धरान उपमहानगरपालिकाका उप–मेयर मञ्जु भण्डारीले यस बारेमा केही जानकारी नभएको र बुझेर बताउन सकिने बताईन् । उनले सुझाव दिएको बिषयमा धन्यवाद दिँदै भनिन्, यस बारेमा मैले बुझेर जानकारी गराउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्