ओवी समाचार प्रभाव : मिल्स एरिया डुवान खुल्यो, अब सँधै पानीको निकास होला त ?

<span class='c1'>ओवी समाचार प्रभाव : मिल्स एरिया डुवान खुल्यो,</span> <span class='c2'>अब सँधै पानीको निकास होला त ?</span>

प्रेम देवान/ओबि
विराटनगर, १० साउन । आवर विराटनगरले बुधबार “पानीको निकासा नहुँदा विराटनगरको दक्षिणीभेग डुवानमा” शिर्षकमा फोटो फिचर सहितको समाचार प्रकाशन गरेको २४ घन्टा नवित्दै महानगरपालिले चासो दिएको छ। महानगरपालिकाका मेयर भीम पराजुली कार्यक्रमको सिलसिलामा मलेसियामा छन् । यद्यपी मेयर नभए पनि उप– मेयर र मेयरको निजी सचिवालयबाट पुगेको टोलीले स्थलगत निरिक्षण पछि डुवान हुन नदिन र भएको डुवानको पानी निकासको बिषयमा चासो दिएको हो ।
सचिवालयको टोली बिहीबार डुवान क्षेत्रमा पुगेर अनुगमन गर्दै पानी निकासकोलागि पहल थालेको छ । महानगरपालिकाकी उप–मेयर ईन्दिरा कार्की, मेयरका स्वकिय सचिव त्रिभुवण गिरी, प्रेस संयोजक कौशल निरौल, सयुक्त टोल नगर समितिका अध्यक्ष राजेश मास्के लगायत ईन्जिनियरहरुको टोलीले महानगरको विभिन्न स्थानमा पुगेर अनुगमन गरेको थियो । अनुगमनका क्रममा विराटनगरको दक्षिणी भेगमा पानी जमेको स्थानमा पुगेर पानी निकास हुने स्थानको अध्ययन गरेको थियो । विराटनगर वडा नम्बर १६ का वडा अध्यक्ष मनोज सुब्बाले दक्षिणी भेगमा पानी जम्न नदिने उपायहरुको बारेमा जानकारी गराएका थिए । ति स्थानहरु सरसफाई तथा निकासको कटान समेत गरिएको अध्यक्ष सुब्बाले बताए ।
यसैविच विराटनगरको धुमुवा र च्याङ्बारीमा पनि स्काभेटर सहित लगेर पानी निकासाको लागि काम शुरु गरिएको थियो । गत मंगलबार रातीदेखि परेको अविरल वर्षाका कारण विराटनगरका अधिकांश भाग डुवानमा परेका थिए । आम विराटनगरवासीले महानगरले चासो नदेखाएका कारण यस्तो समस्या आएको भनी आक्रोश व्याक्त गरेका थिए । सबैभन्दा बढी विराटनगरको दक्षिणी भेगमा पानीको निकास नहुँदा सर्वसाधरणको घरभित्रै पानी पसे पछि झनै समस्या भएको थियो । विशेष बर्षापछि विराटनगर १२, १३, १४, १५, १६ र १८ वडामा पानीको कुनै निकास नहुँदा घरहरुमा पानी पसेका थिए ।
महानगरले तत्काल पुगेर पानीको निकास निकालेका कारण धेरै स्थानमा जमेको पानी घटेको छ । विराटनगर १६ बर्माटोलकी ७० वर्षिया जयकुमारी शाक्यले पहिलो पटक घर अगाडी यति धेरै पानी जमेको बताईन् । आफ्नो किराना पसल अगाडी नाला र ह्युम पाईप बनाए लथालिङ्ग पारेर छाडेका कारण पानी जमेको उनको आरोप छ। यता विराटनगरको बजार क्षेत्रमा पनि धेरै स्थानमा पानी जमेको छ । विराटनगरको हिमालय रोडमा सामान्य पानी पर्दा समेत सवारी साधन कुदाउन समस्या हुँदै आएको छ । जमिनको सतह भन्दा माथि नाली बनाइँदा छेउछाउका घर भित्र पानी पसेको हो । पानीको निकासको लागि कुनै योजना नबनाईँदा सामान्य पानी पर्दापनि विराटनगरवासीले समस्या झेल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्