गरिखानेका कुरा : विराटनगरका गजेन्द्र भट्टराई ७६ बर्षिय उमेरमा ७५ गाईका गाेठाला

<span class='c1'>गरिखानेका कुरा : विराटनगरका गजेन्द्र भट्टराई</span> <span class='c2'>७६ बर्षिय उमेरमा ७५ गाईका गाेठाला</span>

विराटनगर, ११ साउन ।
विराटनगर ५ का ७६ बर्षिय जगेन्द्र भट्टराईको बिहान सबेरै देखि राती अबेरसम्म आफ्नै गाई गोठमा ब्यस्त हुन्छन् । उनको गोठभरी गाईले भरीएका छन् भने वरीपरिका बारीभरी घाँसहरु काट्ने बेला भएको छ । उमेरले पाको भएपनि कामले निक्कै कर्मबिर छन् उनी । उनी भन्छन्, कर्मविरहरुलाई उमेरले छेक्दैन ।‘ विराटनगर ५ मा गाईपालन र घाँस खेती गरिरहेका भट्टराई पुर्व कर्मचारी हुन् । उनलाई जागिरबाट अबकाश हुने बितिकै केही गरौ भन्ने लागेको थियो । जब उनको पेन्सन रानीजाना दिँदा पनि तलवको बरावर आउने रहेछ भन्ने उनलाई थाहा भयो अनी उनी समाज र कृषि कर्ममा केही गरौँ भन्ने सोचमा पुगे । अवकाश पछि उनी २–४ महिना धर्मकर्म र घर ब्यवहार मिलाउने काममा लागेको उनले सुनाए ।
उनी ७६ बर्षको उमेरमा ७५ वटा गाईका गोठाला हुन् । उनको गोठभरी गाई, बाच्छा र बाच्छी छन् । ३० वटा माउ र ३५ वटा कोरली बाछि सहित अन्य बाच्छा–बाच्छी छन् । विराटनगरको एयरपोर्ट मोडबाट शुरु गरेको गाई पालन अहिले केही पर जामुनगाछी नजिकै सारेका छन् । आफ्नो बुद्दी र विवेकले भ्याएसम्म काम गर्दै आएको उनले बताए । गाई पालनबाट धर्म हुने र शुद्ध दुध आफ्नै घरको खान पाईने भएप्छि आफैँ गोठमा खटिएर काम गर्नपाएकोमा खुसी ब्यक्त गरेका भट्टराईले केही कामदार पनि राखेका छन् । उनी भन्छन्, ‘सक्रिय जीवन बिताउँदा स्वस्थ्य भईन्छ भन्ने लागेको छ ।’
४० बर्षे जागिरमा सिडिओसम्म
उनले ४० बर्ष जागिर खाए । उनले आफ्नो जागिरे जीवनमा स्थानीय विकास अधिकारी, मालपोत कार्यालयको प्रमुख, बिभिन्न आयोगको कर्मचारी तथा प्रमुख जिल्ला अधिकारी (सिडिओ) सम्म भएर सरकारी निकायमा जागिर खाएका थिए । जव जागिरको अवकाश भयो अनी उनले कृषि कर्ममा आफुलाई स्थापित गराउन खोजे । अहिलेकै अबस्थामा काम गरेर अघि बढ्ने हो भने ९५ बर्षसम्म काम गर्न सक्ने उनले सुनाए । क्यान्सर समेत भएर उपचार पछि फर्किएका उनमा एउटा आशा सँगै जाँगर पनि उसै गरी देखिएको छ । उनले पछिल्लो समयमा गोबर ग्यास बाट बिजुली निकाल्ने सोच बनाएका छन् । उनी गाईपालनमा लागेको ४ बर्ष पुगेको छ ।
(क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीले भट्टराईसँग गरेको भिडयाे कुराकानीमा आधारित)

https://www.facebook.com/rajendra.uprety/videos/10215570575851864/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्