शनिवारीय बिशेष : विराटनगरका युवा पुस्ता लाखेनाच संरक्षणमा, यस्तो छ कारण (भिडियाे सहित )

<span class='c1'>शनिवारीय बिशेष : विराटनगरका युवा पुस्ता लाखेनाच</span> <span class='c2'>संरक्षणमा, यस्तो छ कारण (भिडियाे सहित )</span>

प्रेम देवान
विराटनगर १२ साउन । लाखे नाच नेवारी समुदायको एक विशेष नाच हो । एक महिना अघिदेखि विराटनगर ९ भानुटोलका किशोर किशोरीहरु हातमा झ्याम्टा र काँधमा ढोल पिढ्दै लाखे नाचको तयारी गरिरहेका छन् । विराटनगर १० बंगालमुखी मन्दिरमा रहेको झी पुझ भवनको परिसरमा लाखे नाच सिक्ने मात्र हैन यस संरक्षणमा पनि उनीहरु कसरी लाग्ने भन्ने चिन्तनमा देखिन्छन् । भानुटोलका २४ बर्षिया रोहन ताम्राकारको नेतृत्वमा एक दर्जन बढी युवा युवातीलाई भेला गराई लाखे नाचको बाजागाजा बजाउन प्रशिक्षण पनि शुरु गरिएको छ ।
नेवार समुदायका युवाहरुले हरेक वर्ष विराटनगरमा लाखे नाच निकाल्दै आएका छन् । यस पटक भने फरक शैलीमा नेवार समुदायको कला, संस्कृतिलाई जोगाउने उद्देश्यले लाखे नाच निकाल्न लागिएको उनीहरु बताउँछन् । अन्य बेला पुरुषहरुमा मात्र नाच्दै आएको लाखे नाच यसपटकदेखी महिलाहरुलाई पनि समावेश गरिने बताए ।
किंवदन्तीनुसार लाखेले साना नानीको रक्षाको दायित्व लिएको हुनाले नेवार समुदायमा लाखेलाई एक शक्तिशाली संरक्षक देवताको रूपमा पनि पुजिने गरिन्छ । नेवार बाहुल स्थानमा नचाइने लाखे नाचले आफ्नो समाज, समुदाय र परिवारमा भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदियोस् भनेर लाखे नाच नचाउने गरिएका समेत बताईन्छ । केही वर्ष पहिलेसम्म हरेक गाँउगाँउमा नाचिने लाखे नाच पछिल्लो समय नेवारी समुदायले विशेष अवसरमा मात्र देखाउने गरेका छन् ।
साउन चर्तुदशीका दिनबाट सुरु भएको लाखे पर्व कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशलाई नाश गरेको दिनमा सकिने गर्छ ।

https://www.youtube.com/watch?v=l-b4VcabbTg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्