एक नम्वर प्रदेशमा शुक्रवार बढी आपराधिक घटना हुनुको कारण यस्तो

<span class='c1'>एक नम्वर प्रदेशमा शुक्रवार बढी</span> <span class='c2'>आपराधिक घटना हुनुको कारण यस्तो</span>

विराटनगर, १२ साउन ।
प्रदेश एकमा शुक्रवारका दिन वढी आपराधिक घटना हुने गरेको तथ्यांक बाहिर आएको छ । एक नम्वर प्रदेशको १४ वटै जिल्लाको तथ्यांक हेर्दा शुक्रबारका दिन बढी दुर्घटना र आपराधिक घटना हुने गरेको पाइएको हो । एक नम्वर प्रदेश प्रहरी कार्यालयले विराटनगरमा  गरेको पत्रकार सम्मेलनमा सो तथ्यांक बाहिर आएको हो । शुक्रवारका दिन मध्यान्ह १२ बजेदेखी बेलुकी ६ बजेसम्म वढी आपराधिक घटना हुने गरेको तथ्यांकमा देखिएको छ । शनिबार विदा भएकाले शुक्रवारका दिन मादक पदार्थ सेवन गर्नेको संख्या वढी हुने र मादक पदार्थका कारण आपराधिक घटना बढी हुने गरेको प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरिक्षक केदार रिजालले बताए । बर्षभरिमा शुक्रबारका दिन कुल ७ सय ६ सय ९१ वटा घटना भएका छन् ।
१ नं प्रदेश प्रहरी कार्यालयका अनुसार अपराधजन्य क्रियाकलपाहरु महिनाको हिसाबले असार महिनामा बढी अपराध हुने गरेको तथ्याङक सार्बजनिक भएको छ । आर्थिक बर्ष २०७४–०७५ मा सबैभन्दा बढी असार महिनमा ८ सय ७७ वटा अपराधजन्य क्रियाकलाप भएको डिआइजी रिजालले बताए । आपराधिक घटना नियन्त्रणका लागि एक नम्वर प्रहरी प्रदेश कार्यालयले विशेष सुरक्षा अभियान तथा सुरक्षाका नया रणनिति अघि सारेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्