विराटनगरका निजी अस्पताल क्षेत्रमा नक्कली लेवल लगाएर अनाधिकृत रुपमा औषधि विक्री गर्ने फार्मेसीमा प्रहरीको छापा

<span class='c1'>विराटनगरका निजी अस्पताल क्षेत्रमा नक्कली लेवल लगाएर अनाधिकृत</span> <span class='c2'>रुपमा औषधि विक्री गर्ने फार्मेसीमा प्रहरीको छापा</span>

विराटनगर १४ साउन । विराटनगरका निजी अस्पताल क्षेत्रमा अनाधिकृत रुपमा औषधि खरिद तथा विक्री गर्ने फार्मेसीमा प्रहरीले छापा मारेको छ ।
काठमान्डौबाट आएको विशेष सिआइभीको टोलीले दुईदिन देखि विराटनगमार बसेर छामा मारिरहेको स्रोतले जनाएको छ ।
प्रहरीले नेपालमा बनेका औषधीहरुमा भारतीय कम्पनीको लेबल लगाएर अनाधिकृतरुपमा औषधि बेच्ने गरेको सुचना पाएपछि छापा मारेको बुझिएको छ ।

सिआईभीको टोलीले आईतबार राती महेन्द्र चोक दक्षिणमा रहेको म्याक्स हस्पिटल , विराटनगर ९ मा रहेको न्यूरो हस्पिटल, विराट नर्सिङ होम बाहिरका औषधी पसलमा छामा मारेको छ । त्यसैगरी हस्पिटल चोक , कोशी अञ्चल अस्पताल बाहिरका फार्मेसीहरुमा छापा मारेको छ ।
विशेष सुराकीको आधारमा औषधी पसलमा अनाधिकृत लेबल लगाएर औषधि बेच्ने, भारतीय प्रतिबन्धीत औषधी बिक्री गरिएको पाईए पछि जिल्ला प्रहरी कार्यलय मोरङको सहयोगमा केही व्याक्तीलाई गएराती नै औषधी सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलय मोरङले यसबारे थप विस्तृत रुपमा पत्रकार सम्मेलन गरेर जानकारी दिईने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्