धनकुटाको यस्तो विद्यालय : शिक्षा प्रदान गर्नुका साथै स्थानीयको तिर्खा मेटाऊँदै

<span class='c1'>धनकुटाको यस्तो विद्यालय : शिक्षा प्रदान</span> <span class='c2'>गर्नुका साथै स्थानीयको तिर्खा मेटाऊँदै</span>

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा एउटा यस्तो विद्यालय छ, जसले वर्षौदेखि शिक्षाको उज्यालो छर्ने नियमित काम सँगै खानेपानी व्यवस्थापनको जिम्मा लिएर सयौं घर स्थानीयको तिर्खा पनि मेटाइरहेको छ ।

अभाव टार्नकै लागि कुनै सयम नाम्जे गाउँमा पानी समेत छोरी बुहारीका नाममा पेवा राख्ने चलन थियो । यतिमात्र होइन, खानेपानी नपाउँदा गाउँबाट बसार्इ सर्नेको लर्को बढ्दो थियो । केहि अघिसम्म त बिहेका लागि अविभावकले यो गाउँमा हम्मेसा छोरीसमेत दिन नमान्ने सम्जनुहुन्छ साँगुरीगढि ६ नाम्जे धनकुटाका ८७ बर्षे स्थानीय शेरबहादुर भूजेल ।

पानी अभावकै कारण विद्यालयमा बिद्यार्थी उपस्थिति र सरसफाइको अवस्था पनि दयनिय थियो । तर अब नाम्जेको बिगत फेरिएको छ । स्थानीय ग्रामिण जनता माविको पहलमा भारतीयमुलका अमेरिकि स्वयमसेवक राजिव गोयल मार्फत १४ बर्ष अघि यो गाउँमा खानेपानी समस्याको दिर्घकालिन समाधान निस्कियोको हो, नाम्जे विद्यालय समुदाय खानेपानी तथा सिंचाइ आयोजनाका अध्यक्ष, गुञ्जमान मगर,े भने ।

बस्तीभन्दा एक किलोमिटर मुनि साँचाखोलाबाट लिफ्टीङ गरि पु¥याईएको पानी यहाँका एकसय ९७ परिवारलाई वितरण गरिएको छ । उपभोक्ताले महशुल बापत मासिक न्यूनतम दुइसय २५ रुपैयाँ खानेपानी संचालन व्यवस्थापनको जिम्मा लिएको ग्रामिण जनता माविलाई बुझाउँछन् । उठेको दशलाख रुपैयाँ महशुल मुद्धतीमा राखिएको छ । त्यसको ब्याजले आयोजना संचालन खर्च र एकजना शिक्षकको तलब धानेको छ भन्नुहुन्छ , ग्रामिण जनता उच्च मावि, नाम्जेका प्रधानाध्यापक टंकबहादुर भूजेल ।

विद्यालय–समुदाय सहकार्यले नाम्जेमा गरेको यो प्रयासले प¥याप्त खानेपानी पुगेपछि बसाइसराइ पनि रोकियो । यहा सञ्चलन गरिएको घरबास कार्यक्रम र अर्गानिक खेति पनि प्रसंसनिय छ । अमेरिकि समाचार संस्था सिएनएनको सर्बेक्षणमा घुम्नै पर्ने विश्वका १२ औं गन्तव्यको सूचिमा दरिएको यो नाम्जे गाउमा विद्यालयको विकासका लागि समुदाय र समुदायको विकासका लागि विद्यालय भन्ने काम अनुकरण योग्य छ ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्