विराटनगरको राठी ज्वेलर्स काण्ड : निलेको सुन ३ दिन पछि दिसाबाट निस्कियो

<span class='c1'>विराटनगरको राठी ज्वेलर्स काण्ड : निलेको</span> <span class='c2'>सुन ३ दिन पछि दिसाबाट निस्कियो</span>

प्रेम देवान,
विराटनगर १४ साउन । कसैले सुनको सिक्री निलेर आफ्नै ज्यानलाई जोखिममा पार्ला भन्ने कल्पना पनी गर्न सकिन्न । तर विराटगरमा गत शुक्रबार भएको एउटा घटनाले सुन किन्ने बहानामा एक युवकले सुनको सिक्री नै निलेका छन् । सुन किन्ने बाहानामा एक तोलाको सिक्री निलेका इटहरी २ का सुरजकुमार नेपालले ३ दिनपछि आफ्नो दिसाबाट सिक्री निकालेका छन् ।
नेपालले विराटनगर महानगरपालिका ९ को राठी ज्वेलरी हाउसबाट सिक्री किन्ने बाहनामा नक्कली सिक्री पसलेलाई बुझाउदै सक्कली सुन चाही निलेका थिए । चोरी गर्ने उदेश्यले सुन निलेको थाहा पाएपछि मोरङ प्रहरीले नेपाललाई शुक्रवार दिउसो पक्राउ गरेको थियो । पक्राउ लगतै प्रहरीले कोशी अञ्चल अस्पतालमा भर्ना गरेको थियो । नेपाललाई हेर्न मोरङ प्रहरीबाट खटिएको ४ जना प्रहरीको टोलीले आज विहान दिसाबाट सुनको सिक्री फेला पारेको हो । उनको दिसा निगरानीको क्रममा सिक्री फेला परेको कोशी अञ्चल अस्पतालका इमरजेन्सी इञ्चार्ज रघुनन्दन अधिकारीले जानकारी दिए । कोशी अञ्चल अस्पतालमा ३ दिनसम्म भर्ना गरेपछि सिक्री दिसाबाट निकाल्न सफल भएको र उनको स्वास्थ्य स्थिती राम्रो रहेको अधिकारीले आवर विराटनगरलाई जानकारी दिए । ३१ बर्षिय नेपाललाई मोरङ प्रहरीले तत्कालै पक्राउ गरी निगरानीमा राखेको थियो । उनी बिरुद्ध थप अनुसन्धान गरी चोरी मुद्धा चलाईने मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्