कर तथा राजस्व सम्बन्धी विधेयक प्रदेशसभामा पेश ।

<span class='c1'>कर तथा राजस्व सम्बन्धी</span> <span class='c2'>विधेयक प्रदेशसभामा पेश ।</span>

विराटनगर, १५ साउन ।
एक नम्बर प्रदेशको कर तथा राजस्व सम्बन्धी विधेयक प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्वोले प्रदेशसभा बैठकमा प्रदेशको कर तथा गैरकर राजस्व लगाउने÷उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सदनमा पेस गरेका हुन् । विधेयक पेस गर्दै उनले आन्तरिक राजस्वको सन्दर्भमा उठाउने करहरुर प्रकृतिक श्रोत साधनबाट प्राप्त हुने राजस्वलाइ व्यवस्थित गर्न उक्त विधेयक ल्याइएको जानकारी दिए । कर प्रणालि अझै प्रगतिशिल नभएको बताउँदै उनले यसलाई व्यवस्थित र प्रगतिशिल बनाउन प्रयास गरिएकोे बताए । प्रदेशको क्षेत्राधिकार प्रयोग गरी कानुन बनाएर करको दायरा फराकिलो बनाउने र एकद्वार प्रणालिबाट कर उठाउने विषय उक्त विधेयकमा समेटिएको आङ्बोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्