सप्तरीमा रोपाईकै समयमा रासायनिक मलको अभाव , किसान परे मारमा

<span class='c1'>सप्तरीमा रोपाईकै समयमा रासायनिक मलको</span> <span class='c2'>अभाव , किसान परे मारमा</span>

राजविराज साउन १५ । जिल्लामा धान रोपाइँको क्रम चलिरहेका बेला अहिले रासायनिक मलको अभाव भएको छ । साउनको दोस्रो सातासम्ममा समेत पर्याप्त वर्षा नहँुदा किसान मारमा परेका छन् भने चर्को घाम र प्रचण्ड गर्मीका कारण धानको बीउ सुक्न थालेको छ ।

मोटर, पम्पिङसेटको भरमा अहिले धान रोपाइँ भइरहेको अवस्थामा समयमा पानी नपरेका कारण धान खेतमा धाँजा समेत फाट्ने क्रम बढेको किसानको गुनासो छ ।

धानबाली लगाउने समय बित्नै लाग्दा यसपालि खडेरी हुने हो कि भनी चिन्ताले सताउन थालेपछि यहाँका किसान चिन्तित देखिएको हनुमानगर कंकालनी नगरपालिका–२ लाल माझीले बताउनुभयो ।

खेत रोप्न नपाएको पीडा खेपिरहेका किसानलाई अहिले मलको अभावले पनि साताएको उहाँको गुनासो थियो । मलखादसमेत नपाउँदा उनीहरुलाई खेती गर्ने कार्य पहाड झैँ लाग्न थालेको अर्का कृषक हरिशंकर विश्वासले बताउनुभयो ।

मलखाद लिने क्रममा पञ्चायती शासनकालदेखि अहिलेसम्म प्रहरीको कुटाइ खानुपर्ने अवस्थामा परिवर्तन नआएको पीडित किसानको गुनासो छ ।

भोट दिएर जिताएका जनप्रतिनिधि पनि किसानको समस्याप्रति गम्भीर नभएको कञ्चनरुप नगरपालिका–१२ का किसान हरि सरदारले बताउनुभयो । वर्षा नभइरहेको अवस्थामा वैकल्पिक माध्यमबाट खेती गर्ने उद्देश्यले मल लिन दैनिक राजविराज धाउँदा धाउँदै थाकिसकेको उहाँले दुःखेसो पोख्नुभयो ।

अर्का कृषक श्यामसुन्दर खड्काले आफ्नो पिडा सुनाउनुभया,े “यहाँ त पैसा तिरेर पनि मल पाउन गाह्रो छ, अब त लाग्छ खेती गर्न नै छाडिदिउँ तर छाडिदिउँ भनेपनि वर्षभरि बालबच्चाको भरणपोषण कसरी गर्ने भनी चिन्ताले सताइरहन्छ ।”

कृषि सामग्री केन्द्र लिमिटेडले सहकारी संस्थामार्फत सप्तरीका किसानलाई रसायनिक मल उपलब्ध गराउँदै आएको छ । सुपथ मूल्यमा बिक्री गर्ने भनी लगिएका रसायनिक मल सहकारी संस्थाले मनपरि मूल्य बढाएर बिक्री वितरण गर्ने गरेको उहाँको भनाइ थियो ।

यति बेला तराई मधेशमा धान रोपाइँ गर्न चटारो रहेको मौकाको फाइदा उठाउँदै सहकारीले डिएपी, युरिया र पोटास मलमा निर्धारित मूल्यभन्दा प्रति बोरामा रु ४०० देखि ६०० सम्म बढी मूल्यमा बिक्री गर्ने गरेको पीडित किसानको आरोप थियो ।

रोपाइँको बेला डिएपी, युरिया र पोटास गरी झण्डै १५ हजार मेट्रिक टन रसायनिक मल आवश्यक भएपनि कृषि सामग्री केन्द्रितले आपूर्ति नगर्दा जिल्लामा रसायनिक मलको अभाव भएको जिल्ला सहकारी संघले जनायो ।

जिल्ला सहकारी संघका प्रबन्धक रमेशकुमार गुप्ताले कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल उपलब्ध नगराउँदा जिल्लामा हालसम्म दुई हजार मेट्रिक टन रसायनिक मल मात्रै वितरण गर्न सकिएको बताउनुभयो ।

जिल्लास्थित कृषि सामग्री केन्द्र लिमिटेडले शुरुमा डिएपी मल केही अभाव रहे पनि युरिया, डिएपी र पोटास गरी आठ हजार मेट्रिक टन जिल्लाका सहकारीलाई वितरण गरेको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्