मोरङको बुधनगरमा आइसीपी निर्माण कार्य सुस्त , ५२ प्रतिशत मात्रै काम भयो

<span class='c1'>मोरङको बुधनगरमा आइसीपी निर्माण कार्य सुस्त</span> <span class='c2'>, ५२ प्रतिशत मात्रै काम भयो</span>

 विराटनगर साउन १५। मोरङको बुधनगरमा एकीकृत जाँच भन्सार बिन्दु (आइसीपी) निर्माण कार्य सम्पन्न हुन बिलम्ब हुने भएको छ ।

भारततर्फ जोगवनीमा दुई वर्षअघि नै आइसीपी निर्माण भएर सञ्चालन आएपनि बुधनगरमा भने सुस्त गतिमा निर्माण भइरहेकोले ढिला हुने देखिएको हो ।नेपालतर्फ पनि दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु भएपनि डेढ वर्षसम्ममा ५२ प्रतिशत मात्रै काम भएको छ ।

आइसीपी निर्माण गर्ने दुई देशीय सहमति भएको १२ वर्षपछि भारतले बुधनगरमा आइसीपी निर्माणको काम अघि बढाएको थियो ।

गएको फेब्रुअरी १ देखि आइसीपी निर्माणको काम सुरु भएको थियो । आइसीपी निर्माणका लागि भारत सरकारबाट ठेक्का पाएको दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादले आइसीपीको निर्माणको काम गरिरहेको छ ।

ठेकेदार कम्पनी दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादका सञ्चालक अवधेशकुमार साहले नेपालतर्फको बुधनगरमा आइसीपीको भौतिक निर्माणको काम भइरहेको बताए ।

उनले आइसीपीका लागि तयार गरिने भवन,घेरावेरा गर्ने लगायतका काम भइरहेको जानकारी दिए । ‘भारत र नेपाल सरकारबीच भएको द्वीपक्षीय सहमति अनुसार आइसीपीको काम अघि बढिसकेको छ,’ ठेकेदार साहले भने, ‘आइसीपीको निर्माणको काम आधा भन्दा बढी पूरा भएको छ ।’

निर्माण कम्पनीलाई आइसीपी निर्माणको जिम्मा दुई वर्षको दिइएको थियो । तर, डेढ वर्ष पूरा हुँदा ५२ प्रतिशत काम मात्रै भएपछि तोकिएको समयमा पूरा हुने सम्भावना न्यून बनेको छ ।पहिलो चरणमा आइसीपी जाने लिङ रोड निर्माणको काम र आईसिपी हाता भित्र भौतिक संरचना निर्माणको काम अहिले भइरहेको छ ।

संयुक्त रूपमा नेपाल-भारत दुर्वतर्फ बन्ने सो भन्सार नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइको हुनेछ ।

आइसीपी निर्माण गर्न १२९ बिघा र लिंक रोडका लागि ४० बिघा छुट्याइएको छ । यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको काम सुरु भएको छ ।

लिङ्करोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर-दक्षिणी राजमार्गसँग जोडिनेछ ।आइसीपीको निर्माणमा भारतीय ठेकेदार पक्षले प्रयोग गर्न ल्याउने सामाग्री र उपकरण सवै भन्सार महसुल र राजश्व छुटको सुविधा नेपाल सरकारले प्रदान गरेको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आइसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तर गरेको थियो । (अनलाइन खबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्