भाइले दाइ, भाउजू र भतिजीको हत्या गरेको खुलासा

<span class='c1'>भाइले दाइ, भाउजू र</span> <span class='c2'>भतिजीको हत्या गरेको खुलासा</span>

सप्तरी, १६ साउन । सप्तरीको राजविराज–१५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकीमा कुहिएका अवस्थामा भेटाएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलेको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार भएको पत्रकार सम्मेलनमा भाइ पञ्चदेव साहले दाइ सूर्यनारायण साह, गर्भवती भाउजू बेचनीदेवी र दुई वर्षीय भतिजीको घाँटी थिचेर हत्या गरी नगरमा गाडेको घटनाको सत्यतथ्य खुलेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

बेचनीदेवीसहित पति सूर्यनारायण साह र दुई वर्षीय छोरी प्रतिभाको हत्या गरी राजविराज नगरक्षेत्रमा गाडेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक सिंहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सूर्यनारायण साहको नागरिकता बनाउने विषयमा घरपरिवारसँग विवादको विषयलाई लिएर र पुरानो रिसइबीका कारण देवर पञ्चदेव साह र छोरा धर्मेन्द्र साह तथा स्थानीय जिवछ साहसहितकाले हत्या गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रहरीको अनुसन्धानबाट गर्भवती बेचनीदेवीसहित हत्या गरिएका दुई वर्षीय छोरी प्रतिभा साह र पति सूर्यनारायण साहलाई रक्सी खुवाएर दुवै जनालाई घाँटी थिचेर हत्या गरी बोरामा बाँधेर नहरमा गाडिएको शव दुई दिनदेखि पत्तालगाउने कार्य जारी रहेको सप्तरी प्रहरी प्रमुख सिंहले बताउनुभयो ।

साउन ७ गते पक्राउ परेका हत्यामा संग्लगन रहेका प्रतिवादी पञ्चदेव, धर्मेन्द्र र थापा भनिने जिवछ साहबाट अनुसन्धानका क्रममा हत्या गरेको खुल्न आएकाले सूर्यनारायण र भतिजाको शव खोजी कार्य जारी रहेकाले प्रतिवादीहरूलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतवाट म्याद थप गरी अनुसन्धान कार्यसमेत थालिएको सप्तरी प्रहरी प्रमुख सिंहले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्