विराटनगरलाई हरितनगर बनाउन १ हजार बढी विरुवा रोपिदै

<span class='c1'>विराटनगरलाई हरितनगर बनाउन १</span> <span class='c2'>हजार बढी विरुवा रोपिदै</span>

विराटनगर १६ साउन । विराटनगर महानगरपालिकाले स्वच्छ , सुन्दर, हरियाली, सफा र सव्य सहर विराटनगर भन्ने नारा सहित वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेको छ ।
महानगरका मेयर भीम पराजुलीले बुधबार विराटनगर वार्ड नं १० शान्तिचोकबाट बृक्षरोपण गरेर कार्यक्रमको शुभारम्भ गरेका छन् ।
नगरका नाली सहित पिच भएका सडक छेउमा वृक्षारोपण गरिने भएको छ । जसका लागि एक हजार ७ सय ५० विरुवाहरु रोप्ने तयारीमा महानगरले जनाएको छ । वृक्षारोपण मेयर पराजुलीले विराटनगरलाई हरित नगरीका रुपमा विकास गरिने बताए । उहाँले नगरलाई सफा स्वच्छ र सुन्दर बनाउनको लागी सरसफाई र वृक्षारोपण कार्यक्रमले निरन्तरता पाउने जानकारी दिए। कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत कुमार प्रसाद दाहाल ,वार्ड नं १० का वडाअध्यक्ष माधवराज वाग्ले ,महानगर वातावरण शाखा अधिकृत अनिता न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्