विराटनगर १६ साउन । विराटनगर – ८ मा रहेको ग्रेडेड सेकेण्डरी स्कूलले खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी गरेको छ ।
स्कूलले पहिलो त्रैमासिक परीक्षाफल प्रकाशित भएको अवसर पारेर बुधबार खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी गरेको हो । प्रर्दशनीमा ६ देखि कक्षा ८ सम्मका ४० जना विद्यार्थीहरुले विभिन्न प्रकारका समाग्रीहरु प्रर्दशनीमा राखेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए ।
विद्यार्थीहरुले कलात्मक तरिकाले बनाएको सामाग्रीहरु अवलोकन गर्न उनीहरुका अभिभाव, अतिथिहरुको उपस्थीति रहेको थियो । ‘विद्यार्थीहरुमा भएको प्रतिभलाई प्रस्फुट गर्न यस्तो प्रर्दशनीको कार्यक्रम राखिएको हो,’ स्कूलका प्रिन्सिपल सुवालले भने, ‘यस्ता कार्यक्रममा उनीहरुको क्षमता अभिवृद्धी हुन्छ ।’