बिराटनगरमा आज रातभर वर्षाको सम्भावना

<span class='c1'>बिराटनगरमा आज रातभर</span> <span class='c2'>वर्षाको सम्भावना</span>

काठमाडौं ।  शुक्रबार (आज) दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशको धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।  नेपालको पूर्वमा विराटनगर मध्यममा चितवनदेखि काठमाडौं र पश्चिममा महेन्द्रनगर आसपासमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौषम पूर्वानुमान महाशाखाले बताएको छ ।

बिहीबार (हिजो) रातिको समयमा देशभर सामान्यदेखि पूर्ण बदली रहेको र धेरै स्थानहरूमा हल्कादेखि मध्यम किसिमको वर्षा भएको थियो ।  देशभर केही स्थानमा आकाशमा बदली देखिएकाले नेपालका पूर्वीदेखि पश्चिमी सबै स्थानमा १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्ष हुने अनुमान जल तथा मौषम पूर्वानुमान महाशाखाले गरेको छ ।

यस्तो परिमाणको वर्षाले सामान्यतयः कुनै ठूलो नोक्सानी नपुर्याउने महाशाखाका मौषमविद् राजु प्रधानाङ्गले बताए ।  नेपालमा जुन ८ बाट मनसुन सक्रिय छ  । लामो समय निष्क्रिय रहेको मनसुन जुन २७ बाट देशभर फैलिएको प्रधानाङ्गले जानकारी दिए ।
जुलाईको पहिलो सातामा केही निष्क्रिय भए पनि पछिल्लो समय मनसुन सक्रिय रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्