विराटनगरमा पाईप लाईनबाट घर-घरमा ग्याँस बल्न थाल्यो, उपभोक्ता दङ्ग (भिडियो सहित)

<span class='c1'>विराटनगरमा पाईप लाईनबाट घर-घरमा ग्याँस बल्न</span> <span class='c2'>थाल्यो, उपभोक्ता दङ्ग (भिडियो सहित)</span>

प्रेम देवान/ओवि
विराटनगर, १८ साउन ।
विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा यतिबेला घरघरमा पाईपवाट ग्यास पुर्याउने अभियान चलेको छ ।गौ-सेवा सदनले स्थानियको घर–घरमा पाईप विछ्याएर वायोग्यास पु¥याएउने काम अन्तिम चरण पुर्याएको हो । यतिबेला प्राविधिकहरुले स्थानियवासीको घरमा ग्यास पुर्याउनकोलागि धमाधम काम गरिहेको छन् ।
गौशला भित्र रहेको २ सय ७ वटा गाईको गोवर संकलन गरी उत्पादन गरिएको वायोग्यास स्थानीयको चुलोसम्म पुर्याउनकोलागि शुरु भएको काम लगभग अन्तिम चरणमा पुगेको गौसेवा सदनका प्रबन्धक सन्तोष यादवले बताए । गौशलादेखि करिब ३ सय मिटर टाढा रहेका ३२ वटा घरमा पहिलो चरणमा वायोग्यास जडान गरिसकिएको यादवले जानकारी दिए । शुक्रबार मात्रै प्राविधिकहरुले स्थानियको घर–घरमा गएर चुलो बालेर परिक्षण गरेका छन् । विश्व बैंकको ८४ लाख लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धनले पाइप लाईन मार्फत स्थानियवासीको भान्सासम्म ग्यास बल्न शुरु भएको यादवले वताए।
यसरी सम्भव भयो
वि‍स‍ २०४२ सालमा स्थापना भएको सामुदायिकस्तरको गौशालाबाट निस्किएको गोबरलाई कसरी सदुुपयोग गर्ने भन्ने समितिको छलफलपछि वैकल्पिक बायो ग्यास संचालनमा ल्याईएको हो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपबाट ग्यास पु¥याउने बताएपछि समितिले यस विषयमा गम्भिर चासो दिएर अहिले वैकल्पिक ऊर्जा उत्पादन गर्ने परियोजनाका रुपमा खेर गएको गोबर सदुपयोगमा ल्याईएको हो । ग्यास उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम सकिएसँगै अबको एक साता भित्र घर घरमा वायोग्यास पुर्याउने नेपाल उर्जा कम्पनीका प्राविधिक हरिशरण श्रेष्ठले बताए ।
यसरी तिर्ने महसुल
घरमा बालिएको ग्यासको मिटर अनुसार के कति बिल उठ्छ त्यो सबैले देख्ने स्थानमा मिटरको साथमा रेगुलेटर पनि सँगै राखिएको हुन्छ । चुल्होमा जोड्नुपूर्व ग्यासको मिटरमा उल्लेख भएको नम्बरबाट त्यसबाट जोडेर कति खपत भएको छ, सोहीअनुसार बिल गौसेवा सदनलाई भुक्तान गर्नुपर्ने ब्यवस्था गरिएको छ । घर–घरमा पाईपबाट ग्याँस पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिब्यक्तिलाई कतिपयले हावाको रुपमा लिएको अबस्थामा यसरी बिराटनगर महानगरपालिका वडा नम्बर १४ मा शुरु भएको यो अभियान पछि स्थानीयमा गर्यो भने सहजै ग्यास उत्पादन हुनसक्ने रहेछ भन्ने प्रमाण यो बायोग्यास प्लान्टबाट देखिएको छ । यसबाट स्थानीय पनि खुसी देखिएका छन् ।

https://www.youtube.com/watch?v=NmlMRsbgjrg&feature=youtu.be

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्