विराटनगरको प्राईम सहकारीबाट २ करोड २८ लाख ठग्ने गिरोहका नाईके पोखरामा पक्राउ

<span class='c1'>विराटनगरको प्राईम सहकारीबाट २ करोड २८</span> <span class='c2'>लाख ठग्ने गिरोहका नाईके पोखरामा पक्राउ</span>

विराटनगर,२० साउन ।
विराटनगरको बाटारोडमा रहेको प्राइम सहकारी बचत तथा ऋण सहकारी लिमिटेडको करडौं रुपैयाँ अपचलन गरि फरार भएका संचालक मध्यका मुख्य नाईके पोखराबाट पक्राउ परेका छन् । बचतकर्ताले जम्मा गर्न दिएको करोडौं रुपैयाँ अपचलन गर्ने मुख्य व्यवस्थापक तथा सहकारीका सचिब इश्वर श्रेष्ठलाई प्रहरीले पोखरा आज दिउँसो पोखराबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी निशान थापाले बताए । जिल्ला प्रहरी कार्यालय मोरङकोे विशेष टोली परिचालन गरि पोखराबाट पक्राउ परेका श्रेष्ठलाई हवाइ मार्गबाट विराटनगर ल्याउन लागिएको छ।
विराटनगर – १ बुद्धचौक घरमा भएका श्रेष्ठले सहकारीको करडौ रुपैयाँ अपचलन गरि उनले पोखरामा सञ्चालनमा ल्याएको जुस फ्याक्ट्री र विराटनगरमा रहेको थुक्पा उद्योगमा लगानी गरेको बताईन्छ । लामो समयदेखी विराटनगर –९ बाटारोडमा सञ्चालनमा रहेको सहकारीको १ सय ३८ जना बचतकर्ताको जाहेरीमा २ करोड २८ लाख ३ हजार २ सय ४२ रुपैयाँ बिगो माग दाबी गर्दै आइतबारसम्म जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको डिएसपी थापाले जानकारी दिए ।
प्रहरीको अनुसार बचतकर्ताको जाहेरी पर्ने क्रम बढदै गएको छ । उनीहरुले सहकारीमा बचत गरेकोे पैसा अपचलन गरेको ७ जना सञ्चालक विरुद्ध मोरङ प्रहरीमा जाहेरी दिएका थिए । रकम अपचालनमा संलग्न इश्वर पक्राउ परेका भएपनि अन्य संचालक फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका श्रेष्ठलाई पोखराबाट काठमाण्डौ र काठमाण्डौबाट हवाइमार्ग हुँदै विराटनगर ल्याउन लागिएको छ । सहकारीको कराडौं रुपैयाँ अपचलन गरि लामो समयदेखी फरार भएका श्रेष्ठ पोखरामा रहेको उनको एलोबेरा जुस फ्याक्ट्रीबाट पक्राउ परेका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्